सिन्धुलीको घ्याङलेखमा ५७ हजार ८९४ पशुपक्षी, १९८५ हेक्टरमा तरकारी

सिन्धुलीको घ्याङलेखमा ५७ हजार ८९४ पशुपक्षी, १९८५ हेक्टरमा तरकारी

सिन्धुली : सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ५७ हजार ८ सय ९४ वटा घरपुलुवा पशुपंक्षी रहेको पाइएको छ। गाउँपालिकाले सार्वजनिक गरेको कृषि मत्स्य तथा पशु तथ्यांक २०८१ अनुसार गाउँपालिकामा गाई, भैंसी, बाख्रा, कुखुरा, सुंगुर, परेवा लगायतका घर पालुवा पशुपंक्षीहरुको संख्या ५७ हजार ८ सय ९४ रहेको हो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार घ्याङलेखका १ देखि ५ नम्बर वडामा सबैभन्दा धेरै बाख्रा पालन गर्ने गरिएको पाइएको छ। पालिकामा किसानहरूले ३२ हजार १ सय ३६ वटा बाख्रा पालेका छन्। १७ हजार ६ सय ४३ वटा स्थानीय कुखुरा रहेका छन्।

‘पालिकामा ५ हजार ४ सय २६ वटा भैंसी र २ हजार २ सय ७५ वटा गाई पालन गरिएको पाइएको छ,’ प्याकुरेलले भने। 

२ सय ३५ वटा बंगुर, १ सय ७५ वटा परेवा र ४ वटा टर्की रहेका छन्। २ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको छ भने १ हजार २८ घार मौरी पालन गरिएको छ। 

यस्तै गाउँपालिकाका कृषि विकास शाखा प्रमुख छिरिङ दोर्जे लामाका अनुसार घ्याङलेखमा २ सय ७४ दशमलव १ हेक्टरमा धान, १ हजार १ सय ८० हेक्टरमा मकै र १ हजार ९ सय ८५ हेक्टरमा तरकारी खेति गर्ने गरिएको तथ्यांकले देखाएको छ। 

घ्याङलेख गाउँपालिका कृषि तथा पशु पालनमा लागि उपयुक्त मानिन्छ। यस क्षेत्रमा जुनार, सुन्तलता र कागती खेति गर्ने किसानहरु समेत प्रसस्त रहेको पाइएको छ। 

पालिकामा १६ हजार ४ सय ३६ बोट कागती, १ हजार ७ सय ७९ बोट जुनार र ९ सय ९४बोट सुन्तला खेति गरिएको छ। यस्तै अलैंची, केरा, कफि, चिया, अनार लगायतका खेति समेत घ्याङलेख गाउँपालिकामा गर्ने गरिएको पाइएको छ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.