साउदी जेद्दा सिजनमा नेपालको सहभागिता

साउदी जेद्दा सिजनमा नेपालको सहभागिता

साउदी : साउदी अरेबिया जेद्दा सिजनमा नेपालको पनि सहभागिता हुने भएको छ। आउँदो २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालसँगै  भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स,  मुलुकहरूको  सहभागिता हुने भएको हो।

नेपालको प्रदर्शन  १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा रहनेछ। साथै प्रदर्शनी का लागि नेपालबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी,र रिमा  विश्वकर्मा आउने भएका छ्न्।

साउदी अरेबियामा २०१९ देखि  सिजन सुरु भएता पनि नेपाल गत डिसेम्बरबाट रियाद सिजनमा सहभागी भएको थियो। वाणिज्य दूत शत्रुधन पोखरेलले जेद्दा सिजनमा नेपालको सहभागिता हुने कुराले  खुसी  लागेको  र  नेपालले पाएको दिनमा साउदीमा रहेका संस्थाहरू तथा  कार्यरत सबै नेपाली उपस्थित भएर सिजन सफल पार्न आग्रह गर्दै आवश्यकता अनुसारका वाणिज्य दूतले  सहयोग गर्ने बताए। सिजनमा  नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य द्वारा नेपालको प्रर्दशन गर्ने उनले जनाए।

मौसम अनुकूल पारेर आफ्नो धर्म संस्कृति, कला , खेलकुद आदिलाई समावेश गरी प्रदर्शन गर्ने  गरी  यो सिजन सुरु गरिन्छ  जसको आयोजना  साउदी सरकारद्वारा परिचालित जी ई ए (क्रस कल्चर)ले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.