हराएका वृद्धको शव जंगलमा फेला
![हराएका वृद्धको शव जंगलमा फेला](https://annapurnapost.prixacdn.net/media/albums/dead-old_JpMgm29wz6_aRxhkIPfyI.jpg)
नुवाकोट : घरबाट चार दिनदेखि हराइरहेका एक जना वृद्धको शव बुधवार गेर्खुको जंगलमा भेटिएको छ। वृद्धको शव त्रिशूली अस्पतालमा पोस्टमर्टम गरी परिवारले बुझेका छन्।
विदुर नगरपालिका २ शिवालयटोका ७० वर्षीय केदार न्यौपाने यही असार ९ गते आइतबारदेखि हराइरहेका थिए। उनको शव बुधवार विदुर १ स्थित गेर्खुखोलाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
वृद्ध न्यौपानेको शव कोल्टे परेको अवस्थामा गेर्खुखोला नजिकैको जंगलमा फेला परेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।
शव त्रिशूली अस्पतालमा पोष्टमार्टम गरी अन्तिम संस्कारको लागि परिवारलाई बुझाइएको डिएसी भारतीले बताए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)