वडा अध्यक्षहरूले विरोध गरेपछि रोकियो झिमरुकको बजेट

वडा अध्यक्षहरूले विरोध गरेपछि रोकियो झिमरुकको बजेट

बुटवल : प्यूठानको झिमरुकमा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्री र उपाध्यक्ष प्रमोद पोख्रेलले मनोमानी ढंगले बजेट विनियोजन गरी योजना ल्याउन खोजेपछि वडा अध्यक्षहरूले विरोध गरेका छन्। विषयगत समिति र एकीकृत योजना तर्जुमा गोष्ठीमा समेत छलफल नगरी आफूखुसी बजेट ल्याउन थालेपछि विरोधमा उत्रिनुपरेको अध्यक्षहरूको प्रतिक्रिया छ। 

विरोधपछि असार १० गते गाउँपालिकाले बजेट ल्याउन सकेको छैन। गाउँपालिका अध्यक्ष पितबहादुर एमसीले वार्षिक नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरे। 

‘हामीहरूलाई ३५ लाखको सिलिङ दिइयो र त्यही अनुसार योजना विनियोजन गरेका थियौँ’,वडा नम्वर ५ का अध्यक्ष दधिराम पोखरेलले भने,‘अध्यक्ष र उपाध्यक्षले बजेटको कुनै प्रक्रिया पूरा नगरी बजेट ल्याउन थालेपछि विरोध गरेका हौँ।’ बजेटको प्रक्रिया पूरा नगरी ३ करोड ३१ लाख रुपैयाँ बजेट विभिन्न योजनाहरूमा अध्यक्ष र उपाध्यक्षले विनियोजन गरेको पोखरेलले जानकारी दिए। ‘बतासेडाँडादेखि मच्छि सडकलाई १ करोड रुपैयाँ हालेको भन्ने छ’,उनी भन्छन्,‘यो सडकमा १ करोडमात्र होइन्, तीन करोड पो विनियोजन हुन्थ्यो कि ? खै छलफल गरिएको छ ?’

 
‘वडाबाट प्रक्रिया पूरा गरेर वडा अध्यक्षहरुले १५-२० वटा योजनाहरू ल्याएका छन्’,४ नम्वर वडा अध्यक्ष सिताराम पोखरेलले भने,‘तर आफ्नो कार्यकर्ताहरूले टेलिफोनमा टिपाएको आधारमा गाउँपालिका अध्यक्षले ४६ वटा र उपाध्यक्षले ४० वटा योजनाहरू ल्याएपछि विरोध भएको हो। यसलाई नसच्चाए हामी विरोध गरिरहन्छौँ।’ पालिकाको घाटा बजेटमै यसरी अध्यक्ष र उपाध्यक्षहरूले जथाभावी बजेट ल्याउन नहुने उनको भनाइ छ। कार्यपालिका बैठकमा छलफल नै नभएको उनले बताए। 

स्रोत नखुलेको बजेटलाई सच्याउन माग गर्दा कुनै सुनुवाइ नभएको १ नम्बर अध्यक्ष धुर्वराज खनालले प्रतिक्रिया दिए। ‘मनोमानी बजेट बनाएर ल्याउँदा हामीले समर्थन गरेनौं’,खनालले भने,‘वडालाई सिलिङ दिन आनाकानी गर्ने अध्यक्ष उपाध्यक्षले मनमौजी गर्न खोज्नुभयो।’ वडाबाट योजना तर्जुमा गरेका योजनालाई मसेत प्राथमिकतामा नपारिएको उनले गुनासो गरे। 
गाउँपालिका अध्य र उपाध्यक्षले खल्तीबाट हालेजसरी बजेट ल्याउन खोज्नु नीतिसंगत नभएको नेकपा एमाले झिमरुक गाउँपालिका निवर्तमान अध्यक्ष एवं जिल्ला पार्टी सचिव इन्द्रमणी पोख्रेलले प्रतिक्रिया दिए। ‘सरकारको बजेट यसरी विनियोजन गर्नु राम्रो होइन्’,पोख्रेलले भने,‘बजेट निर्माण गर्दा प्रक्रिया पुरा गर्नुपर्छ।’

गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले ३ करोड ३१ लाखको बजेट सिमाभित्र बनाएका योजनाहरुको बारेमा छलफल गरेको दावी गरेका छन्। ‘बैठकमा व्यापक छलफल भएको हो’,उनले भने,‘सवै पालिकाले समयमै बजेट ल्याए। तर, हामीले ल्याउन नसक्दा नाजवाफ भएका छौँ।’ प्यूठानका नौ स्थानीय तहमध्ये झिमरुक बाहेक सवैले बजेट प्रस्तुत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.