मनास्लुको फेदमा हाई अल्टिच्यूड फुटबल प्रतियोगिता : उपाधि साम्दो एफसीलाई

मनास्लुको फेदमा हाई अल्टिच्यूड फुटबल प्रतियोगिता : उपाधि साम्दो एफसीलाई

गोरखा : मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री २ स्यालामा सम्पन्न भएको छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि साम्दो एफसीले उचालेको हो। 

आलोपालो प्रणालीअनुसार ल्हीस्यो क्लबको आयोजनामा स्यालास्थित खेलमैदानमा भएको फुटबल प्रतियोगितामा सामा एफसीलाई हराउँदै साम्दो एफसी बिजेता बनेको हो। उपाधिको लागि बुधबार भएको फाइनल खेलमा १–० गोल अन्तरले सामा एफसी पराजित हुँदै उपबिजेतामा सिमित रह्यो। बिजेता बनेसँगै साम्दो फुटबल क्लबले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको ल्हो माविका म्यानेजर उर्गेन लामाले बताए। उपबिजेता बनेको सामा एफसीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै तेस्रो स्थानको लागि भएको सेमिफाइनमा खेलेका ल्हो एफसीले ३–२ गोल अन्तरले बिही एफसीलाई पराजित गरेको थियो। तेस्रो स्थान हाँसिल गर्न सफल ल्हो एफसीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएको छ। यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरस्कार दिएको जनाएको छ। 

प्रतियोगिता अवधिभरमा सामा एफसीका पेमा नोर्बु लामा उत्कृष्ट खेलाडी बनेका छन्। ल्हो एफसीका नोर्बु लामाले प्रतियोगिता अवधीभर ४ गोल गरेर उत्कृष्ट गोलकर्ता बनेका छन्। साम्दो एफसीका दावा साङ्पो उत्कृष्ट गोलकिप्पर बनेको उनले बताए। उत्कृष्टहरुलाई छुट्टै पुरस्कारको व्यवस्था रहेको थियो। प्रतियोगिातामा बिही एफसी फेयर टिम बन्दै नगद ६ हजार पुरस्कार हात पारेको छ। बिजेताहरुलाई कपका संस्थापक सोनाम दोर्जे रिम्पोछेले हस्तान्तरण गरेका थिए। 

उत्तरी गोरखा हिमाली भेगका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जोगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गरी सुरु गरेका थिए।

सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ। प्रत्येक वडाले आलोपालो आयोजना गर्ने नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आउँदो वर्ष हुने सातौं श्रृङ्खला प्रोक फुटबल क्लवले प्रोकमा आयोजना गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.