प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूची छ।
बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाई समितिमा सदस्यहरूको नाम र विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूचीमा उल्लेख छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको “अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७८ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ।