एसईईको पुरक परीक्षा साउन १८ र १९ गते, १ लाख १५ हजार ८३४ विद्यार्थी सहभागी हुन पाउने

एसईईको पुरक परीक्षा साउन १८ र १९ गते, १ लाख १५ हजार ८३४ विद्यार्थी सहभागी हुन पाउने

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षा साउन १८ र १९ गते सञ्चालन गर्ने भएको छ। आज बिहान परीक्षा बोर्डको बैठकले निर्णयपश्चात एसईईको नतिजा प्रकाशित गरिएको हो।

दुई विषयमा नन ग्रेड ल्याउने विद्यार्थीले पुरक परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। नन ग्रेड ल्याउने १ लाख १५ हजार ८३४ जना विद्यार्थीहरु पुरक परीक्षामा सहभागी हुन पाउनेछन्। जसमध्ये ४७ हजार ७९६  एक विषयमा र  ४८ हजार ३८ दुई विषयमा ४८ हजार अनुत्तीर्ण रहेको उल्लेख छ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गएको छ।  आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ। 

दुईभन्दा बढी विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ । कक्षा ११ मा भर्ना भइ अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्न नपर्ने पनिकाको भनाई छ।  

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ। पुनर्योगका लागि परीक्षार्थीहरुलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जस अनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयहरुको लागि यस कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.