सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलबमा खर्च गर्न अर्थ मन्त्रालयले दियो थप ४ अर्ब ५ करोडको अख्तियारी
![सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलबमा खर्च गर्न अर्थ मन्त्रालयले दियो थप ४ अर्ब ५ करोडको अख्तियारी](https://annapurnapost.prixacdn.net/media/albums/athamantri-barsaman-pun_2qkctfh63U_PHTCSQzPc4.jpg)
काठमाडौं : अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता,पारिश्रमिक पदाधिकारीमा थप रकम खर्च गर्न अख्तियारी दिएको छ। अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गर्दै गृह मन्त्रालयलगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक लगायतमा थप बजेट निकासा माग भई आएअनुसार खर्च गर्न अख्तियारी दिएको सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सुरक्षा भत्ता,पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरु बीचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको हो।
मरासिनीले महालेखा नियन्त्रक कार्यालयलाई मंगलबार पत्राचार गर्दै भुक्तानी निकासाबाट पनि अपुग भएको अवस्थामा कर्मचारीको पारिश्रमिकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोड गरी जम्मा ४ अर्ब ५ करोड खर्च गर्ने गरी अख्तियारी दिएको जानकारी गराए। उनका अनुसार महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)