राजदूत फिर्ता बोलाउने निर्णय सरकारले फिर्ता लिनुपर्छ : एनपी साउँद

राजदूत फिर्ता बोलाउने निर्णय सरकारले फिर्ता लिनुपर्छ : एनपी साउँद

काठमाडौं : नेपाली कांग्रेसका नेता एनपी साउदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा साउदले राजनीतिक भागबण्डका आधारमा राजदूत नियुक्त गर्ने र दलहरुले आवेदन नै निकाल्नेजस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उठ्ने भन्दै राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सरकारले भारतलगायत विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसपछि ८ देशमा राजदूत सिफारिस गरेको छ भने अन्य  देशमा सिफारिस हुन बाँकी छ। दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका सुशिल प्याकुरेलले भने आफूसँग छलफल नगरी सिफारिस गरेको भन्दै फिर्ता लिइदिन प्रधानमन्त्रीको कार्यालयलाई पत्रचार गरेका छन्। 

सरकारले कुनै जानकारी नदिइ राजदूत फिर्ता बोलाउनुले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको उनले बताए । उनले राजदूत फिर्ताको निर्णय फिर्ता लिन माग समेत गरे । त्यस्तै उनले बीआरआईमा अनुदानलाई स्वीकार गर्नुपर्ने भन्दै बजारको सुनिश्चितता नभएसम्म ठूला परियोजनाहरुलाई ऋणका आधारमा अघि बढाउन नहुने धारणा राखे।

नेता साउनले एडीबी,वल्र्ड बैंककै ब्याजदरमा ऋण लिने विषयमा प्रधानमन्त्रीले सदनलाई विश्वासमा लिनुपर्ने र राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.