गोरखामा यस वर्षको एसईईमा ३३ प्रतिशत मात्र उत्तीर्ण
गोरखा : यस वर्षको एसईई परीक्षामा गोरखाका ३३ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। ६७ प्रतिशत परीक्षार्थीले अवर्गीकृत (एनजी) ग्रेड प्राप्त गरेका छन्। गोरखाबाट यसवर्ष तीन हजार ६२८ जनाले परीक्षा दिएका थिए। जसमध्ये एक हजार १६३ जना मात्र उत्तीर्ण भएका र दुई हजार ४६५ जना परीक्षार्थीहरूको नतिजा अवर्गीकृत(एनजी) भएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ।
परीक्षामा एकजना विद्यार्थीले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्। ‘ए’ ग्रेड ल्याउनेको सङ्ख्या ५८ रहेको छ। यस्तै २ सय ४८ जनाले ‘बी प्लस’ र ५ सय ४७ जनाले ‘बी’ ग्रेड ल्याएको कार्यालयले जनाएको छ। २ स ९१ जनाले ‘सी प्लस’ र १८ जनाले ‘सी’ ग्रेड प्राप्त गरेका छन्। परीक्षा गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो।