खहरे नियन्त्रणका लागि लगाइएको ग्याबिन भत्काएको भन्दै धरानका मेयर हर्क साम्पाङ विरुद्ध उजुरी

खहरे नियन्त्रणका लागि लगाइएको ग्याबिन भत्काएको भन्दै धरानका मेयर हर्क साम्पाङ विरुद्ध उजुरी

धरान : धरान उपमहानगरपालिका-१३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल भत्काएको भन्दै मेयर हर्क साम्पाङविरुद्ध उजुरी परेको छ। 

मेयर साम्पाङ, नगर प्रहरी सहायक निरीक्षक सुरेश मंग्राती, राजकुमार राई, पारस राई, पारु राई लगायतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो। आरोपीलाई कारबाहीको माग गर्दै धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले र खहरेखोला नियन्त्रण उपभोक्ता समितिका अध्यक्षले बिहीबार उजुरी दिएका हुन्। उपभोक्ता समितिका अध्यक्ष राजु राईले आरोपीहरू विरुद्ध उजुरी दिएको बताए।

खहरे खोलाले बर्सेनि क्षति गर्न थालेपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कोसी प्रदेशबाट २० लाख खर्च विनियोजन गरेको थियो। खहरे खोलामा तारजाली लगाएर ग्याबिनको काम सम्पन्न हुने बित्तिकै मेयर साम्पाङले ग्याबिन भत्काउन नगरप्रहरी लगाएका थिए। 

उनले मेयरले नै सरकारको लगानीमा मानव बस्ती जोगाउने ग्याबिन भत्काउनु कानुन विपरीतको काम भएकाले संलग्नलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन्।  नगर प्रहरी सहायक निरीक्षक मंग्रातीले मेयर साम्पाङको निर्देशनमा ग्याबिन भत्काइएको स्वीकार गरेका छन्। ग्याबिन भत्काएको विषयमा बुझ्नका लागि फोन मेयर साम्पाङको फोन उठेन। मेयर साम्पाङले धरानमा बजेट विनियोजन गरेर काम गर्नु पर्दा प्रदेश र संघीय सरकारलाई धरान उपमहानगरको अनुमति लिनुपर्ने बताउँदै आएका छन्।  

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले  सार्वजनिक सम्पत्ति तोडफोड गरिएको विषयमा छानबिन गरी दोषी उपर कारबाही गर्ने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.