‘मधेशबाट माउन्टेन फलाइट सुरु गर्नुपर्छ’

‘मधेशबाट माउन्टेन फलाइट सुरु गर्नुपर्छ’

धनुषा : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको राजविराजबाट माउन्टेन फलाइट सुरु गर्नुपर्ने बताएका छन्। १० मिनेटमै राजविराज एयरपोर्टबाट माउन्टेन फलाइटबाट हिमाल अवलोकन गर्न सक्ने उनले बताए। मधेशमा सप्तरीको राजविराज, धनुषाको जनकपुरधाम र बाराको सिमरामा गरी तीन वटा अन्तरिक विमानस्थल रहेको मुख्यमन्त्री सिंहले बताए।

मुख्यमन्त्री सिंहलाई  बधाई तथा शुभकामना दिन नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले धनुषाको लालगढमा कार्यक्रमको आयोजना गरेको हो। सोही कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेशमा कृषि, स्वास्थ्य, प्राकृतिक , धार्मिक तथा सांस्कृतिक पर्यटनको विकासका लागि योजना बनाएर अघि बढेको बताए।

‘मधेशमा दुई वटा राष्ट्रिय वन्यजन्तु आरक्ष केन्द्र छन्। कोसी टप्पु वन्यजन्तु र पर्सा राष्ट्रिय निकुञ्ज रहे पनि त्यसको सदुपयोग हुन सकेको छैन’, मुख्यमन्त्री सिंहले भने, ‘ निकुञ्जमा सफारी सेवालाई विकास गरेर लानुपर्छ। त्यसका लागि कम्मर कसेर लाग्नु पर्छ।’ निजी क्षेत्रसँग सहकार्य गरेर मधेशको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा मुख्यमन्त्री सिंहले बताए।

पर्यटकलाई टिकाउनका लागि मधेशमा भौतिक संरचना र सेवा सुविधाको प्रबन्ध गर्नु पर्ने आवश्यकता रहेको मुख्यमन्त्री सिंहले धारणा राखे। मधेशमा पर्यटन क्षेत्रको विकासका लागि ८ वटा जिल्लालाई चार वटा सर्किटमा विभाजित गरेर विकास गर्न मधेश प्रदेश सरकारले नीति, कार्यक्रम, बजेट लिएर आएको मुख्यमन्त्री सिंहले सुनाए । उनले भने, ‘अब मधेशमा पर्यटकीय स्थलका बारेमा डिजिटल पोर्ट बनाएर विश्वलाई सार्वजनिक गर्छौं।’

भारतबाट नेपाल आउने पर्यटकका लागि सहज प्रवेशका लागि पहल थालिने मुख्यमन्त्री सिंहले पर्यटन व्यवसायीहरूलाई विश्वास दिलाए। ‘हाम्रो मुख्य पर्यटक भारतका छन्। बोर्डबाट नेपाल छिरेबाटै पर्यटकलाई सास्ती दिइरेहको सुन्छौं’,  मुख्यमन्त्री सिंहले भने, ‘बोर्डमै कडा सुरक्षा जाँच गरेर नेपालमा भारतीय पर्यटकलाई सहज प्रवेश दिने व्यवस्था गर्नुपर्छ। ’ पर्यटकलाई टर्चर होइन पाहुनाको रुपमा स्वागत गर्ने मुख्यमन्त्री सिंहले बताए।

आफ्नो नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकारमाथि  जनताको आशा, भरोसा र विश्वास रहेको बताउँदै काम गरेर त्यसलाई टुट्न नदिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.