२१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी बनाउने नेकपा एसको निर्णय

२१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी बनाउने नेकपा एसको निर्णय

काठमाडौं : नेकपा एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय गरेको हो। यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको सम्मानित पद यथावत् राख्ने निर्णय भएको बताए। त्यस्तै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने र केन्द्रीय उपाध्यक्षमा एक महिला सिट अनिवार्य गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै केन्द्रीय प्रतिनिधिबाट ५ प्रतिशत मनोनीत गर्ने प्रावधान हटाइएको प्रवक्ता खतिवडाको भनाइ छ। उनका अनुसार वरिष्ठ नेता आवश्यकता अनुसार राखिनेछ भने २१ जना पदाधिकारी समावेशिताका आधारमा चुनिनेछ।

त्यस्तै नेकपा एसले महाधिवेशनबाट विशिष्ट कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने भएको छ। उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। यस विषयमा शनिबार वृहत् पत्रकार सम्मेलन आयोजना गर्ने प्रवक्ता खतिवडाले बताए।

उनले सहमतिकै आधारमा केन्द्रीय कमिटी चुन्ने प्रयास भइरहेको बताए। 'सबै नेताहरूले सहमतिकै आधारमा जानुपर्छ भनिरहनुभएको छ। हाम्रो जोड पनि सहमतिमै छ। सहमति हुन सकेन भने निर्वाचनबाट भए पनि केन्द्रीय कमिटी चयन हुन्छ,' सञ्चारकर्मीसँग उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.