एकीकृत समाजवादीले बढायो केन्द्रीय कमिटीको आकार, वरिष्ठ उपाध्यक्ष पद थपिँदा मनोनीत प्रावधान हट्यो
काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो। यसअघि १९९ सदस्सीय केन्द्रीय कमिटी थियो।
त्यस्तै पदाधिकारी संख्या पनि बढेर २१ पुगेको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडका अनुसार वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको छ भने वरिष्ठ उपाध्यक्षमा एक महिला अनिवार्य गरिएको छ। त्यस्तै सम्मानित पदलाई पनि यथावत् राखिएको छ। अहिले झलनाथ खनाल सम्मानित नेता हुन्।
त्यस्तै केन्द्रीय प्रतिनिधिबाट ५ प्रतिशत मनोनीत गर्ने प्रावधान हटाइएको छ। खतवडाका अनुसार वरिष्ठ नेता आवश्यकता अनुसार राखिनेछ भने २१ जना पदाधिकारी समावेशिताका आधारमा चुनिनेछ।