व्यवसायीको हत्या आरोपित पक्राउ

व्यवसायीको हत्या आरोपित पक्राउ

राजविराज :  राजविराज नगरपालिका–४ का व्यापारी ३२ वर्षीय औरंगजेब आलमको हत्या आरोपमा सप्तरीको राजगढ गाउँपालिका–६ इनरुवाका ४० वर्षीय मोहम्मद भनिने लालु बिहीबार पक्राउ परेका छन्।

घटनामा घाइतेहरूको बयानका आधारमा मुख्य आरोपित राजगढ गाउँपालिका नगरपालिका–६ का २५ वर्षीय मो .मिन्टु मियाँका काका लालु घरबाटै पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ। 

राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित रोयल इनफिल्ड राजविराज अटोमोबाइलका प्रोपाइटर तथा बुलेट मोटरसाइकलका डिलर औरंगजेबलाई असार ४ गते राजविराज नगरपालिका–३ का ४६ वर्षीय मो. नसिरको निर्देशनमा मिन्टु, लालुसहित राजविराज नगरपालिका–३ का ३५ वर्षीय मो. इर्शाद, राजविराज नगरपालिका–२ का २७ वर्षीय असलम मियाँलगायतले फलामको रडले प्रहार गरी घाइते बनाएका थिए। मृतकका बुबा ६० वर्षीय हबिब मियाँले जिल्ला प्रहरी कार्यालयमा असार ५ गते उजुरी दिए लगत्तै नसिर पक्राउ परेका हुन्।

चाडपर्वलगायत अन्य कुनै पनि अवसरमा मस्जिदका लागि चन्दा नदिएको आरोप लगाउँदै स्थानीय मस्जिद कमिटीले तीन दिनसम्म मनाइने इस्लाम धर्मावलम्बीहरूको बकर इदका दिन नसिरका घरमा मौलबीलाई जान रोक लगाएका थिए। इस्लाम धर्मावलम्बीहरूमा बकर इदका दिन नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ। यो पर्वमा कुर्बानी (वली) दिइनु अघि मौलबीले मन्त्रोच्चारण गर्नुपर्ने अनिवार्यता छ।

मौलबीलाई घर जान रोकेको विषयमा भएको विवादपछि उत्पन्न झडपले उग्र रुप लिएको थियो। घटनामा औरंगजेवका भाइहरू २४ वर्षीय तवरेज आलम, २७ वर्षीय सजाद हुसेन, ३१ वर्षीय सदाम हुसेन, ३४ वर्षीय सम्साद आलम र २२ वर्षीय मो. तनविर घाइते भएको मृतकका दाजु इमरानले बताए। 

घाइतेहरूको उपचार राजविराजमा भए पनि गम्भीर घाइते औरंगजेवको उपचारका क्रममा विराटनगरस्थित न्युरो एण्ड कार्डिओ अस्पतालमा असार ७ गते मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालयले असार ५ गते ज्यान मार्ने उद्योगमा दर्ता गरेको उजुरी औरंगजेबको मृत्युपछि कर्तव्य ज्यानमा परिणत भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.