श्रीमतीको हत्या गर्नेलाई जन्मकैद

श्रीमतीको हत्या गर्नेलाई जन्मकैद

राजविराज :  सप्तरीमा श्रीमतीको हत्या अभियुक्त उनका पतिलाई जन्मकैदको सजाय भएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले शम्भुनाथ नगरपालिका-५ मोहनपुरकी ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या आरोपमा उनका श्रीमान ३७ वर्षीय इन्द्रदेव चौधरीलाई जन्मकैदको सजाय गरेको हो। 

इन्द्रदेबलाई जन्मकैदका साथै मृतकका हकवालालाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउने र आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा दुई हजार आठ सय रुपियाँ जम्मा गराउने समेत फैसला भएको जिल्ला अदालतले जनाएको छ। आरोपितले २०८० असार १९ गते हत्या गरेको भन्दै मृतकका बुवा सप्तरीको सुरुंगा नगरपालिका-५ का ५२ वर्षीय श्रीनारायण चौधरीले इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दिएका थिए। 

घरायसी विवादमा झोलामा प्रयोग हुने फित्ताले घाँटी बाँधी थिचेर हत्या गरेको मृतकका बुवाको आरोप छ। खाना खाएर कोठामा सुतेकी किरण असार १९ गते दिउँसो १२ बजे बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीयवासीले घटनाबारे थाहा पाई तत्कालै उपचारका लागि नजिकैको शम्भुनाथ नगरपालिका-६ कठौनास्थित कृष्णा अस्पतालमा उपचारका लागि लगेका थिए। अस्पतालका चिकित्सकले किरणको मृत्यु भएको घोषणा गरेको थियो।

प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले आरोपितलाई घटनाकौ दिन नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या घटनामा उनको संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले कर्तव्य ज्यानमा उजुरी दर्ता गरेको थियो। सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशबाट आरोपित साउन १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.