पाल्पामा २ जना विद्यार्थीले ल्याए ४ जीपीए

पाल्पामा २ जना विद्यार्थीले ल्याए ४ जीपीए

तानसेन : पाल्पाबाट यस वर्षको एसईईमा दुई जनाले ४ जीपीए अंक प्राप्त गरेका छन्। जनता माध्यमिक विद्यालय(जेभेटी) तानसेनका उत्सव ढुङ्गाना र रामपुर नगरपालिकाको दराई ठाटी माध्यमिक विद्यालय रामपुरकी पूर्णिमा लक्ष्मी कुवँरले ४ जीपीए ल्याई जिल्ला प्रथम भएका छन्। 

जेभिटीबाट ढुङ्गानासहित १२ जना ए प्लस सहित ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यसैगरी दराईठाटी माध्यमिक विद्यालयबाट कुवँरसहित ८ जनाले ए प्लस सहित २८ जना उत्तीर्ण भएका छन्। जेभिटी र दराई ठाटी दुवै विद्यालय सामुदायिक विद्यालय हुन्। 

पाल्पाबाट ४ जीपीए ल्याउनेमा २ जना, ३.६१ देखि ४ जीपीए अर्थात ए प्लस ल्याउनेमा १०५ जना, ३.२१ देखि ३.६० जीपीए अर्थात ए ल्याउने विद्यार्थी २८२ जना, २.८१ देखि ३.२० अर्थात वि प्लस ल्याउनेमा ४३७ जना, २.४१ देखि २.८० सम्म अर्थात वि ल्याउनेमा २८१ जना र २.०० देखि २.४० जीपीए अर्था सि प्लस ल्याउनेहरूमा १२ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताए।  

पाल्पाबाट नियमित रुपमा ४०१० र ग्रेड वृद्धि तर्फ १७२ गरी ४ हजार १ सय ८२ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए। जसमा नियमित तर्फ १ हजार १ सय १७ जना उत्तीर्ण भएका छन् भने नन ग्रेडिङमा २ हजार ६ सय १० जना परेका छन्।  

यस वर्षको एसईई नतिजामा पाल्पाबाट २७.८५ प्रतिशत मात्र विद्यार्थीहरू उत्तीर्ण भएका छन्। पाल्पाबाट ११८ वटा सामुदायिक र १९ वटा निजी विद्यालय गरी १३८ वटा विद्यालयबाट विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.