धान उत्पादनका चुनौती

धान उत्पादनका चुनौती

असार १५ गतेलाई नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालेको पनि २१ वर्ष लागेछ। मुलुकको कुरा गर्ने हो भने धानको औसत उत्पादकत्व विश्वमै निकै कम रहेको देशमध्ये नेपाल पनि एक हो। फलतः धानको औसत उत्पादकत्व विश्वमै निकै कम ३.५ मेट्रिकटन प्रतिहेक्टर रहेको अनुमान छ। त्यसरी नै विश्व खाद्य तथा कृषि संगठनको तथ्यांकअनुसार, सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४.७ टन प्रतिहेक्टर रह्यो। सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व भने ७.० टन प्रतिहेक्टर छ।

नेपालका लागि वार्षिक करिब ४० लाख मेट्रिकटन चामल आवश्यक पर्छ। जसमध्ये ३३ लाख १२ हजार मेट्रिकटन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ। देशमा जबकि धान नेपालसहित एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली पनि हो। प्रमुख धान उत्पादकमा नेपाल १७औं स्थानमा पर्छ।

फलतः धानखेती देशमा ७७ जिल्लामध्ये ७५ जिल्लामा हुन्छ। मनाङ र मुस्ताङबाहेकका जिल्लामा धान खेती गरिन्छ। यो समुद्र सतहभन्दा ६० मिटर झापाको कचनाकलन माथिदेखि ३ हजार ५० मिटरसम्मको जुम्ला जिल्लाको छुमचौरसम्म धान खेती हुन्छ। यसका साथै धानको सालाखाला उत्पादनलाई अवलोकन गर्ने हो भने भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा करिब ५, मध्यपहाडमा २५ र तराईमा ७० प्रतिशत धानको उत्पादन हुन्छ।

धानबालीको उत्पादकत्वलाई अध्यनन गर्ने हो भने गत आर्थिक वर्ष ३.८० प्रतिशत प्रतिहेक्टर मेट्रिकटन थियो भने चालू आर्थिक वर्षमा ०.२८ ले वृद्धि भई ३.८२ प्रतिशत प्रतिहेक्टर मेट्रिकटन भएको अनुमान छ। यसका साथै उन्नत तथा हाइब्रिड जातको बिउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि औसतको तुलनामा लामो मनसुन अवधि, रासायनिक मलको सहज उपलब्धता तथा सिँचाइ प्रविधिमा आएको सुधारजस्ता कारणले धानबालीको उत्पादकत्व हालसम्मकै उच्च छ। देशमा सबैभन्दा धेरै धान उत्पादन झापामा भएको पाइन्छ। यसरी पहाडी २२ जिल्लामा भएको धानका उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको छ। त्यसरी नै तराईलाई देशको अन्न भण्डारको रूपमा रहनुका साथै झापाको यही उत्पादन क्षमतालाई दृष्टिगत गरेर सरकारले झापालाई धान उत्पादनको ‘सुपरजोन’ घोषणा गरेको छ। यो घोषणाले झापामा अत्यधिक धान उत्पादन गरेर यसको लक्ष्य हासिल गर्न सकेमा मात्र यो सार्थक भएको मानिनेछ।

यसर्थ झापामा पनि अरू क्षेत्रजस्तै तीव्र गतिमा धानसमेतका खेतीयोग्य जमिन मासिने क्रम जारी छ। यसरी किसानहरू खेतीबाट पलायन भएर जानेक्रम बढिरहेको छ। जसले गर्दा देशले वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयात गर्दै आएको छ। युवा खेतीबाट पलायन भइरहेको अवस्था छ। यी सबैमा सम्बन्धित निकायको गम्भीर ध्यान गएको छैन भन्ने बुझिन्छ। यसरी खाद्य तथा पोषणका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष १ सय ३८ किलो चामल आवश्यक पर्ने देखिन्छ। खासगरीकन स्वदेशमा उत्पादन भएको ५१ लाख ५१ हजार मेट्रिकटन धानलाई प्रशोधन गर्दा ३० लाख ९० हजार ६ सय मेट्रिकटन चामल तयार हुन्छ।

यसरी हेर्दा स्वदेशमा उत्पादन भएको चामलले वर्षभरि सबै नेपालीको पेट भर्न करिब १० लाख मेट्रिकटन धान अपुग भएको देखिन्थ्यो। मुलुकको धान बालीलाई अवलोकन गर्ने हो भने गत वर्ष १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धान रोपाइँ भएको थियो। त्यसअघिको आर्थिक वर्ष २०७९–८० मा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो। जुन केन्द्रको तथ्यांकअनुसार गत वर्ष अघिल्लोभन्दा २ प्रतिशतले धान रोपाइँ कम भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो। चालु आवमा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको छ।

अघिल्लो वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको थियो। गत वर्षभन्दा यस वर्ष धान २ लाख ३७ हजार ७ सय ६२ टन धान बढी उत्पादन भएको थियो। यसलाई प्रतिशतका आधारमा भन्दा ४.३३ प्रतिशतले धान वृद्धि भएको हो। सो मन्त्रालयका अनुसार विगत चार वर्षको औसत उत्पादनको तुलनामा या ५.८ प्रतिशतले बढी हो। धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ टन प्रतिहेक्टर पुगेको छ। जुन धान उत्पादनमा वृद्धि भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो। आव २०७९–८० मा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालु आवमा १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो। गत वर्षभन्दा ८ हजार ८ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो। आर्थिक वर्ष २०७६÷०७७ मा विश्वभर चामल निर्यात गर्ने प्रमुख देशहरूमा क्रमशः भारत, थाइल्यान्ड, भियतनाम र पाकिस्तान परेका छन्।

वस्तुतः कृषि प्रधान देश नेपालमा धान खेतीलाई सुनको बालाको खेती पनि भनिन्छ। यसले नेपालको विशाल जनसंख्यालाई भोकमरीबाट बचाएको छ। जुन धान खेतीले नेपालीलाई रोजगारी पनि दिएको छ। नेपालीका लागि धान नै जीवन हो। यसकारण चामल नै जीवनको आधार हो। एसियाली देशहरूमा नै खाद्यान्न भनेको धान, चामल भन्ने बुझिन्छ। विश्वका आधाभन्दा बढी जनसंख्याको प्रमुख आधार नै चामल हो। अझ भन्ने हो भने धानले एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको काम पनि गरिरहेको छ। त्यसरी नै धान खेतीलाई धेरै पानी चाहिने बाली हो। तसर्थ जलस्रोतको धनी भएकाले नेपाल धानखेतीका लागि उपयुक्त थलो मानिन्छ। यहाँ विविधतायुक्त जलवायुमा विभिन्न जातका धान खेती हुन सक्ने भएकाले हावापानीको दृष्टिले पनि नेपाल धानखेतीका लागि उपयुक्त मानिन्छ।

कृषि योग्य भूमिको एक चौथाइमा पनि सिँचाइको भरपर्दो व्यवस्था नभएकाले हामीकहाँ मनसुनको आगमन तथा प्रभावलाई हेरेर पहाड, हिमाल र तराईमा विभिन्न समयमा खेती गरिने गरिन्छ। बर्से मौसममा गरिने खेती भए पनि हिमाली, पहाडी तथा तराईका भूभागमा धान खेतीको समय एक÷डेढ महिनाको अन्तरमा पर्ने गर्छ। अर्थात्, चैत्र महिनामा तल्लो हिमाली भेगबाट सुरु हुने धान खेती वैशाख, जेठ, असार हुँदै भदौ महिनासम्म निरन्तर रोपाइँ भइरहन्छ। हिमाल र उच्च तथा मध्यपहाडी भेगमा नदी र खोलाको पानी प्रयोग गरी जुडा खेती रोपाइँ गरे पनि तराईका लागि भने मनसुनी वर्षा कुर्नुपर्छ। नेपालमा हाल स्थानीय जातका धानको सट्टा उत्पादनलाई मध्यनजर गरेर उन्नत जातका धान खेती गर्ने प्रचलन बढेर गएको छ। अतः असार १५ लाई पछिल्ला वर्ष रोपाइँ÷धान दिवसका रूपमा मनाइने गरिएको छ।

यद्यपि जेठदेखि साउन, भदौसम्म पनि बर्खेधान रोपिन्छ तर असारलाई धानकै सन्दर्भमा मानो खाएर मुरी उब्जाउने महिना भन्नुमा विशेष कारण पनि यही हो। विश्व जनसंख्याको झन्डै आधा मानिसको मुख्य खाना धानका परिकार हुने गरेका छन्। यसलाई भन्ने नै हो भने नामै धान कामै धानले गरेको पाइन्छ। यसले विश्व खाद्यान्नको ठूलो अंश यसले धानेको छ। यसलाई अर्थतन्त्र धानेको सुनको दानाको रूपमा पनि भनिने गरिएको छ। यसले सारा विश्वका प्राणीलाई धानले धानेको पनि छ। अपितु देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २७ प्रतिशत योगदान दिने कृषि क्षेत्रमा २० प्रतिशत योगदान मात्रै यसै धानले धानेको छ। त्यसैले असार १५ को महŒव दिवसमा मात्र होइन, नेपाली जीवनमा खोज्नुपर्छ।

यसरी धान दिवस मनाउँदै गर्दा धानको उत्पादन, भण्डार र उपयोगका विभिन्न चरणलाई बढीभन्दा बढी लाभदायक र प्रतिफलपूर्ण बनाउने पे्ररणा मिल्नुपर्छ। यसरी कृषकलाई धानको बिक्री वितरणमा पनि सकस परेको छ। एकातिर किसानले उत्पादित कृषि उपज कुहाएर फाल्नु परेको छ भने अर्कोतिर उपभोक्ताले सुलभ मूल्य र पहुँचमा कृषि उपज पाएका छैनन्। तसर्थ बढ्दो सहरीकरण, कृषियोग्य भूमिको संरक्षणमा गरिएका कमजोरीपूर्ण अभ्यासले आज मुलुकैभर धान रोपिनुपर्ने खेत आनाआनामा काटिएर घडेरी बनेका छन्। यस अर्थमा मानव इतिहास हेर्ने हो भने पहिला खाना अनि छानाको विकास भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.