मधेसबाट माउन्टेन फ्लाइट सुचारु गर्न जोड

मधेसबाट माउन्टेन फ्लाइट सुचारु गर्न जोड

धनुषा : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीको राजविराजबाट माउन्टेन फ्लाइट सुचारु गर्नुपर्ने बताएका छन्। उनले १० मिनेटमै राजविराज एयरपोर्टबाट माउन्टेन फलाइटबाट हिमाल अवलोकन गर्न सक्ने सुनाए। 

मधेसमा सप्तरीको राजविराज, धनुषाको जनकपुरधाम र बाराको सिमरामा गरी तीन वटा आन्तरिक विमानस्थल रहेको मुख्यमन्त्री सिंहले बताए। मुख्यमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिन नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले धनुषाको लालगढमा कार्यक्रमको आयोजना गरेको थियो। बधाई र शुभकामना ग्रहण गर्दै मुख्यमन्त्री सिंहले मधेसमा कृषि, स्वास्थ्य, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको विकासका लागि योजना बनाएर अघि बढेको बताए।

‘मधेसमा दुई राष्ट्रिय वन्यजन्तु आरक्ष केन्द्र छन्। कोसी टप्पु वन्यजन्तु र पर्सा राष्ट्रिय निकुञ्ज रहे पनि त्यसको सदुपयोग हुन सकेको छैन’, मुख्यमन्त्री सिंहले भने, ‘निकुञ्जमा सफारी सेवालाई विकास गरेर लानुपर्छ। त्यसका लागि कम्मर कसेर लाग्नुपर्छ।’  निजी क्षेत्रसँग सहकार्य गरेर मधेसको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा मुख्यमन्त्री सिंहले बताए।

पर्यटकलाई टिकाउनका लागि मधेसमा भौतिक संरचना र सेवासुविधाको प्रबन्ध गर्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री सिंहले धारणा राखे। मधेसमा पर्यटन क्षेत्रको विकासका लागि आठ जिल्लालाई चार वटा सर्किटमा विभाजित गरेर विकास गर्न मधेस प्रदेश सरकारले नीति, कार्यक्रम, बजेट लिएर आएको मुख्यमन्त्री सिंहले सुनाए। उनले भने, ‘अब मधेसमा पर्यटकीयस्थलका बारेमा डिजिटल पोर्ट बनाएर विश्वमा सार्वजनिक गर्छौं।’

भारतबाट नेपाल आउने पर्यटकका लागि सहज प्रवेशका लागि पहल थालिने मुख्यमन्त्री सिंहले पर्यटन व्यवसायीलाई विश्वास दिलाए। ‘हाम्रो मुख्य पर्यटक भारतका छन्। बोर्डबाट नेपाल छिरेबाटै पर्यटकलाई सास्ती दिइरेहको सुन्छौं’, मुख्यमन्त्री सिंहले भने, ‘बोर्डमै कडा सुरक्षाजाँच गरेर नेपालमा भारतीय पर्यटकलाई सहज प्रवेश दिने व्यवस्था गर्नुपर्छ।’ पर्यटकलाई टर्चर होइन, पाहुनाको रूपमा स्वागत गर्ने मुख्यमन्त्री सिंहले बताए।

आफ्नो नेतृत्वमा गठन भएको मधेस प्रदेश सरकारमाथि जनताको आशा, भरोसा र विश्वास रहेको बताउँदै काम गरेर त्यसलाई टुट्न नदिने उनले बताए।
त्यसैगरी, मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदादेवी थापाले होटल तथा पर्यटन व्यवसायी संघले थालेको पर्यटनको अभियानलाई प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने बताएकी थिइन्। मिथिला नगरपालिका ढल्केवरकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले पर्यटनको अवस्था, सम्भावना र चुनौतीलाई बुझेर पर्यटन क्षेत्रको विकासका लागि अघि बढ्नुपर्ने उल्लेख गरिन्।

उनले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढे समुन्नत प्रदेश बन्नेमा विश्वास व्यक्त गरिन्। मधेस प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको मन्दिर रहेको उल्लेख गर्दै यहाँ बढीभन्दा बढी पर्यटक भिœयाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले मधेसको पर्यटन प्रवद्र्धनका लागि ‘घुमौं मधेस, बुझौं मधेस’ भन्ने नारा साथ महाअभियान थालेको बताए। मधेसका पर्यटन क्षेत्रलाई चिनाउनका लागि योजनाबद्ध काम थालेको अध्यक्ष गौतमले बताए।

मधेसलाई पर्यटकीय गन्तव्य बनाउने थुप्रै आधारहरू रहेको अध्यक्ष गौतमले उल्लेख गरे। उनले भने, ‘निजी स्तरबाट मधेसमा स्तरीय होटलहरू खोलिने क्रम जारी छ। यसलाई सफल बनाउनका लागि मधेस प्रदेश सरकारले पनि काम गर्न जरुरी छ।’ भारतसँग जोडिएका नाकाहरू बन्द छ। त्यसलाई छिटो सञ्चालन गर्नुपर्नेमा गौतमले मुख्यमन्त्रीलाई आग्रह गरे।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका संरक्षक सल्लाहकार विजय झुनझुनवालाले थिचिएको मधेस प्रदेशलाई पर्यटनको विकास गरेर उजागर गर्न मुख्यमन्त्रीसँग माग गरेका छन्। पर्यटन क्षेत्रको विकासले मधेसलाई समृद्ध बनाउने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.