कृषि पेसामा असारेकर्म

कृषि पेसामा असारेकर्म
फाइल तस्बिर।

मध्ययुगको त कुरै छोडौं, केहीसमय पूर्वसम्म कृषि पेसाले नै राम्रो जीवन निर्वाह हुने अवस्था विद्यमान रहेको र त्यसले सामाजिक प्रतिष्ठा र मान्यता पाएको हुँदा पेसाहरूमा उत्तमखेती, मध्यम व्यापार, नीच जागिर भन्ने उक्ति नेपाली समाजमा प्रचलित थियो। जुन अहिले आएर ठीक उल्टो उत्तम व्यापार, मध्यम जापगर र नीच कृषि हुन गएको छ। देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रप्रति जनमानसमा आएको यो वितृष्णाले हाम्रो अर्थतन्त्रको जग कति खोक्रो हुँदै गइरहेको छ भन्ने कुरा सजिलै आकलन गर्न सकिन्छ। देशको समृद्धिप्रतिको तृष्णा र कृषि पेसाप्रतिको वितृष्णा विरोधाभाषी कुरा हो। जबसम्म कृषिक्षेत्रप्रति आत्मनिर्भर हँुदैनौं, तबसम्म आर्थिक उन्नति र प्रगति हासिल गर्ने कुरा उडन्ते सावित हुन्छ। कृषिक्षेत्रप्रति सरकारको रवैया प्रोत्साहन भए पनि नीतिगत रूपमा सरकारले आँखा चिम्लिहालेको चाहिँ होइन।

किनभने कृषि क्षेत्र सुधारका क्रममा १९८२ सालमा सिंहदरबार परिसरमा कृषि प्रदर्शनी फार्म खुलेको र १९९४ मा कृषि विकास परिषद्को स्थापना भएको पाइन्छ। त्यसपछि विभिन्न कालखण्डमा कृषिक्षेत्रको सुधारका निमित्त कृषि विकास मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिँचाइ मन्त्रालय, (नार्क), कृषि अनुसन्धान विकास कार्यालय आदि स्थापना भएको पाइन्छ। २००७ पछिका विभिन्न चरणका आयोग, योजना र २०१३ मा लागू गरिएको पञ्चवर्षीय योजना, त्रिवर्षीय योजना हँुदै वर्तमान योजनासम्म आइपुग्दा धेरथोक लगानी कृषि क्षेत्रमा भएकै छ। अझै कृषि क्षेत्रमा आउनुपर्ने हरितक्रान्ति आएको छैन। मुख्यतः धान तथा अन्य कृृषिजन्य वस्तुहरूको उत्पादनमा अपेक्षाकृत वृद्धिको साटो ह्रास आएको देखिन्छ।

जति राम्रा शब्द चयन गरेर योजना तर्जुमा गरे पनि ती सबै कागजी घोडामात्रै भएका छन्। व्यवहारमा परिणामुखी हुन सकेका छैनन्। कुनै पनि त्यस्तो बजेट वक्तव्य नहोला जसले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणमा जोड नदिएको होस्। कृषि क्षेत्रमा विकृति आउनुमा सरकार मुख्य जिम्मेवार त छँदैछ। तर त्यसदेखि अतिरिक्त बढ्दो सहरीकरण र उपभोक्तावादी समाजको विस्तारको कारण, केही दशकअघिदेखि जिल्ला–जिल्लाका किसान व्र्ग विशेषका र अन्य तप्काका युवासमेत वैदेशिक रोजगारीको निमित्त आकर्षित हुनुले पनि थप समस्या सिर्जना भएको छ। अधिकांश खेतीयोग्य जमिन बाँझो छ। उपभोक्तावादी संस्कृतिले पनि कृषितर्फ नेपालको खस्कँदो स्थितिलाई औंल्याउँछ।

कुनै समयमा भारतबाट तीन अर्बभन्दा बढी नगदको प्याज र चीनबाट ६० करोडभन्दा बढीको लसुन आयात गरिएको थियो। कृषियोग्य जमिनको चाहिँदो क्षेत्रफल हुँदाहुँदै धान, चामललगायत लसुनप्याज खुर्सानी आदि वस्तु आयात गर्नु चिन्ताकै विषय हो। कारण, भारतीय किसानले कृषिकर्म गरेबापत सरकारबाट उन्नत प्रविधिको ज्ञान, कृषिऋण, उत्पादन गरिएका सामानको राम्रो बजार सुविधा र अनुदानसमेत पाउँछन्। भारतका किसानको दाँजोमा नेपालका किसानले आफ्नो उत्पादन बिक्री गर्न नसक्दा पनि नेपालको कृषितन्त्रमा सुधार आउन नसकेको हो। अनि कृषिवस्तुको ठूलो परिमाण विदेशबाट आयात गर्नुको कारणमा कृषियोग्य जमिनको खण्डीकरण र अतिक्रमणलाई पनि लिन सकिन्छ। साथै कृषि क्षेत्रलाई प्रबर्धन गर्न विशेष ध्यान नदिएर रेमिट्यान्सलाई महŒव दिने सोचबाट ग्रस्त हुनुपर्ने यौटा प्रमुख कारण हो। खाद्यान्नको मुख्यस्रोत धान खेतीलाई प्रवद्र्धन गर्न ‘दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ नेपाल सरकारको २९ मंसिर २०६१ मा असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालियो।

नेपालमा धान खेतीको विकास क्रम हेर्ने हो भने जुम्ला जिल्ला पुग्नुपर्ने हुन्छ। बाइसे राज्यकालमा वर्तमान कर्णाली प्रदेशको जुम्ला मुख्य केन्द्र बिन्दु थियो। नेपालका विभिन्न भागमा खेतखलामा धानको दाइँ गर्नुअघि आआफ्नो खेतको केही धान घरघरमा ल्याई चामल अथवा चिउरा बनाई दहीमा भिजाई न्वागी खाने भन्ने परम्परा धेरै थोरै चलिरहेकै छ। गाउँघर तराई मधेस पहाडमा धानकै व्यवसाय गर्नेहरू धान राख्नकै निमित्त बेग्लै घर बनाई त्यसलाई ‘धनसार’ नाम राख्थे। धान राख्ने उद्देश्यले बनाएको ‘धनसार’ पछि गएर गोदाम घर बन्न गयो। गोदाम राख्ने व्यक्ति अपभ्रंश भई ‘गोदामे’ र पछि गएर गौतम थर कायम भएको भन्ने पनि गरिन्छ।

नेपाली संस्कृति र हिन्दु परम्परामा धानको महŒव अधिक छ। हाम्रो कृषि कर्मको मुख्यआधार धानखेती हो जुन हाम्रो धर्म दर्शन र संस्कृतिसँग आबद्ध छ। आध्यात्मिक, पौराणिक पूजापाठ, श्राद्धअन्तर्गतमा धानको परिकारकै विशेष मान्यता हुँदा निम्तालु वर्गविशेष तथा कन्याकुमारहरूलाई दक्षिणा आशीर्वाद थमाउँदा ‘धनंधान्यं पशुं बहुपुत्र लाभं’को आशीर्वाद मन्त्र दिइने चलन अझै कायम छ। धानको रोपाइँ गर्ने दिन असार १५ गते नेपालीका लागि महŒवपूर्ण दिन वा चाडको रूपमा लिइन्छ। उन्मुक्त वातावरणको रोपाइँमा बियाडेले रोपाहारलाई, रोपाहारले बाउसे अथवा कोदाले तथा हलीलाई आआफ्नो सन्दर्भ, पारामा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक गीतहरू गाउँदै रोपाइँ गर्ने गर्छन्। त्यहाँ गीतिभाकामार्फत नै काम सञ्चालन गर्ने तौरतरिका र विधि हुन्छ।

हलीले रोपाहारलाई ‘असार मासको दबदबे हिलो छिमलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो’ भनी गाउँछन्। रोपाहारले ‘हिलै र लाग्यो धुुलै र लाग्यो, साटनको चोलीमा÷हलीको टाउको मुसाले लग्यो खुर्सानी बारीमा’ गीतको बोलले जवाफ दिन्छन्। अविवाहित रोपाहार कोदाले छन् भने ‘रिमी र झिमी पानी नै प¥यो मकैको पातलाई, जन्मेको गाउँमा मर्नु चाई छैन छोरीको जातलाई’ भन्दै भविष्यमा प्रेममिलन हुन सक्ने गीत गाँउछन्। अनि कसैले चाहिँ दोहोरो अर्थ झल्कने शैलीमा ‘छुपुमा छुपु खेत है रोपौं मुठीको बिउ छइञ्जेल, भलै र खाउली, भलै र लाउली बाबाको जिउ छइन्जेल।’ अर्थात् मातापिता हुँदासम्म खान, लाउन कुनै दुःख नहुने तर्क र अर्को पक्षमा पितामाताको शेषपछि कस्तो स्थिति होला भन्ने सन्देश व्यक्त गरेको पाइन्छ।

अनि अर्की रोपाहारले गीतमा मात्र ध्यान नदिन, मेलो अघि बढाउन कण्ठ खोल्दै ‘असारे भाका कान्छीले गाई मनको बिलौना, बाउसे आए कोदाली बोकी छेउकुना मिलाउन’ गाउँछन्। अनि कुनै कालखण्डमा घरको कामको चाँजोपाँजो मिलाउन एक व्यक्तिले दुई श्रीमती ल्याउने र एक हलगोरुलाई धेरै बोझ नदिन तीन गोरुको एक हल अर्थात् आलापालो साथदिन तीन गोरु राख्ने परम्परामा र काममा सघाउन ल्याइएकी अतिरिक्त श्रीमतीलाई व्यंग्य हान्छन्, ‘असार मासको दबदबे हिलो छुनलाई घिन लाग्यो, जेठीहुँदै कान्छीलाई ल्याउँदा नौ बिस ऋण लाग्यो” भन्ने गीत बर्सन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.