हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिति र श्री विजय बहादुर शाहबीच आपसी सहमति अनुसार २०८१ आषाढ १२ गतेको संचालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी श्री बिजय बहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएका छन्। 

उनको नेतृत्वमा कम्पनी गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनका योगदानहरूका लागि सदैव आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ।  

साथै उनको स्थानमा नायव प्रमूख कार्यकारी अधिकृत श्रीमती अञ्जु श्रेष्ठज्यूले अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जानकारी गराएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.