प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै बाबुरामले भने- बूढीगण्डकी आयोजना निर्माणको सुनिश्चितता नगरे आन्दोलनमा उत्रिन्छौं


काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भदौ मसान्तसम्म बूढीगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै भट्टराईले भदौ मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका हुन्। उनले आफुहरूको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए। 

उनले अहिलेको विद्युत प्राधीकरणअन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने बताए। आयोजना निर्माणका लागि अधिकार र साधनस्रोत सम्पन्न बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्नुपर्ने उनको माग छ। 

त्यस्तै भट्टराईले आयोजना प्रभावित नागरिकका जायज मागलाई यथासिघ्र सम्बोधन गर्नुपर्ने बताए। उक्त परियोजना सुरुवात पछिका सरकारहरूले चासो नदिएको र पटक-पटक योजना र कार्यान्वयनको मोडालिटी परिवर्तन गर्नुउचित नभएको भट्टराईको भनाइ छ। 

समयमै आयोजना सम्पन्न नहुँदा लागत बढेर २ खर्ब ६० अर्बबाट ४ खर्ब पुग्न लागेकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.