एसईईमा गोरखाका ११ विद्यालय निल

एसईईमा गोरखाका ११ विद्यालय निल

गोरखा : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गोरखाका ११ विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। पालिकाहरूका अनुसार धार्चे गाउँपालिकाका चार, सिरानचोक गाउँपालिकाबाट तीन, आरुघाट गाउँपालिकाकाबाट दुई गोरखा नगरपालिका र सहिदलखन गाउँपालिकाका एक–एक विद्यालयबाट शून्य प्रतिशत उत्तीर्ण भएका हुन्।

सिरानचोक गाउँपालिकाको नेपाली मावि केराबारीबाट २२ जनाले परीक्षा दिएकामा कसैले पनि परीक्षा उत्तीर्ण गर्न सकेनन् भने १४ जना सहभागी गराएको हिमाली मावि गाँखु र १२ जना सहभागी गराएको चन्द्रोदय माविका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका हुन्। त्यस्तै धार्चे गाउँपालिका ५ गुम्दास्थित सूर्योदय मावि, वडा नं. ७ लापुस्थित कालरात्री मावि, लापुवेशीस्थित प्रभातकिरण मावि र वडा नं. ६ काशिगाउँस्थित मञ्जुश्री माविको एसईई नतिजा शून्य प्रतिशत रहेको छ।  

त्यसैगरी गोरखा नगरपालिका ८ स्थित रत्नलक्ष्मी माविका ६ जना परीक्षार्थीमध्ये सबै अनुत्तीर्ण भएका छन् भने सहिद लखन गाउँपालिका १ बक्राङस्थित महेन्द्रशक्ति माविबाट सहभागी १२ परीक्षार्थीमध्ये सबै अनुत्तीर्ण भएका छन्। सबैभन्दा उत्कृष्ट नतिजा हिमालपारिको चुमनुब्री गाउँपालिका २ स्यालास्थित ल्हो माविको रहेको छ। त्यहाँबाट सहभागी १३ जना परीक्षार्थीमध्ये ११ जना उत्तीर्ण भएका छन् भने दुईजनाको ग्रेडवृद्धिमा परीक्षा दिन पाउने भएका प्रधानाध्यापक बाबुराम धमलाले जानकारी दिएका छन्। आरुघाट गाउँपालिकाका गणेश मावि र अलैचे मावि  निल भएका छन्। 

जिल्लाबाट सहभागीमध्ये ३३ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। जम्मा तीनहजार छसय २८ जनाले परीक्षा दिएकामा एकहजार एकसय ६३ जना उत्तीर्ण भएका र दुईहजार चारसय ६५ जना परीक्षार्थीहरूको नतिजा अवर्गीकृत(एनजी) भएको शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले जनाएको छ। 

पालिकाहरूका अनुसार गोरखा नगरपालिकाबाट ७५८ जनाले एसईई दिएकामा ३२४ जना उत्तीर्ण भएका छन् भने पालुङटारबाट ५४७ जनाले परीक्षा दिएकामा २३५ जनाले मात्र उत्तीर्ण गरेका छन्। गण्डकी गाउँपालिकाबाट ३०४ जनाले परीक्षा दिएकामा ९८ जना मात्र उत्तीर्ण भएका छन् भने सहिद लखन गाउँपालिकाबाट २३९ जनाले परीक्षा दिएकामा जम्मा ५१ जना मात्र उत्तीर्ण भएका छन्। 

त्यस्तै भीमसेनथापा गाउँपालिकाबाट २८६ जनाले परीक्षा दिएकामा १०२ जना मात्र उत्तीर्ण भएका छन् भने अजीरकोट गाउँपालिकाबाट २०६ जनाले परीक्षा दिएकामा ३६ जना मात्र उत्तीर्ण भएका छन्। त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाबाट २९७ जना परीक्षार्थीले परीक्षा दिएकामा ६४ जना मात्र उत्तीर्ण भएका छन् भने धार्चेबाट २०४ जना सहभागी भएकामा १६ जना मात्र उत्तीर्ण भएका छन्।

त्यसैगरी चुमनुब्री गाउँपालिकाबाट ५५ जना सहभागी भएकामा १६ जना उत्तीर्ण भएका छन् भने सिरानचोक गाउँपालिकाबाट २७१ जना सहभागी भएकामध्ये ७३ जता मात्र उत्तीर्ण भएका छन्। आरुघाट गाउँपालिकाबाट सहभागी ३१४ जना परीक्षार्थीमध्य ९९ जना मात्र उत्तीर्ण भएका पालिकाहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.