उपल्लो मुस्ताङमा भारतीय राजदूत श्रीवास्तवले गरे गुम्बा स्कुलको आवासीय भवनको शिलन्यास

उपल्लो मुस्ताङमा भारतीय राजदूत श्रीवास्तवले गरे गुम्बा स्कुलको आवासीय भवनको शिलन्यास

जोमसोम : नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शुक्रबार उपल्लो मुस्ताङ पुगेर एक गुम्बा स्कुलको आवासीय भवन शिलन्यास गरेका छन्। 

लोमान्थाङ गाउँपालिका-१ छोसेरस्थित लोवो नाम्ड्रोलिङ गुम्बा स्कुलको नयाँ बन्ने आवासीय भवनको भारतीय राजदूत श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले संयुक्तरूपमा शिलन्यास गरेका हुन्।

राजदूत श्रीवास्तवसहित उनका फस्ट सेक्रेटरी अविनाश कुमार सिंह पोखरा-जोमसोम हवाई मार्ग हुँदै जोमसोमबाट गुम्बा स्कुलको आवासीय भवन शिलान्यास गर्न सडक मार्ग हुँदै उपल्लो मुस्ताङ पुगेका थिए। उपल्लो मुस्ताङ पुगेको भारतीय दूतावासको टोलीलाई स्थानीय जनप्रतिनिधि, कर्मचारी, गुम्बा स्कुलका लामा र स्थानीयबासीले स्वागत गरेका थिए।

शिलन्यास गर्नुअघि लामाहरूले बौद्ध धर्म परम्पराअनुसार पूजापाठ गरेका थिए। पूजा सकिएलगत्तै राजदूत श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले भवनको शिलन्यास गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए।

गुम्बाको आवासीय भवन शिलन्यासपछि आयोजित कार्यक्रममा भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल-भारत सहयोग विकास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा ५९ वटा योजनामा भारतीय दूतावासको लागत साझेदारीका योजनाहरू रहेको जानकारी दिए। जसमध्ये मुस्ताङ जिल्लामा मात्रै १७ वटा योजनामा भारतीय लागत साझेदारीमा पूर्वाधार निर्माण भएको राजदूत श्रीवास्तवले बताए। 

null

‘यहाँको विकास र समृद्धिका लागि भारत सरकार सदैव तत्पर छ। २० करोडसम्मका योजना नेपाल सरकारले सिधै कार्यान्वयन गर्ने कार्यविधि बनाइदिएको छ,' उनले भने।

राजदूत श्रीवास्तवले नेपाल सरकारको अधिन र शर्तमा रहेर कार्यक्रम र योजना ल्याएमा भारतले सिधै सहयोग गर्न तत्पर रहेको बताए। यसअघि दूतावास र गाउँपालिकाको लागत साझेदारी गर्दा गाउँपालिकाले २० प्रतिशत साझेदारी गर्नुपर्ने प्रावधान भएकोमा अब त्यो ५ प्रतिशतमात्रै साझेदारी गरे पुग्ने उनको भनाइ छ।
 
गुम्बा स्कुल भवनका शिलन्यास समारोहमा गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, दिव्यदीप स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व गाउँपालिका अध्यक्ष सुवर्ण कुमार बिष्ट र गूम्बा स्कुलका मुख्य लामाहरुले भारतीय सहयोगको खुलेर प्रशंसा गरे। 

भारतीय आर्थिक अनुदान सहयोगले नेपाल र भारतीबीच सम्बन्ध प्रगाढ बनाउन ठूलो योगदान पुग्ने जनाए।

null

भारतीय राजदूतावासले उपल्लो मुस्ताङको छोसेरमा गुम्बा स्कुल र आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख आर्थिक अनुदान दिने गरी गत कात्तिकमा सम्झौता भएको थियो। छोसेरका दिव्यदीप माध्यमिक विद्यालयको आवासीय भवन र गुम्बा स्कुलको आवासीय भवन बनाउन दूतावासले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत साझेदारी गर्ने गरी सम्झौता पत्र हस्ताक्षर भएको थियो। सरकारी स्कुल र गुम्बा स्कुल भवन बनाउन गाउँपालिकाले २० प्रतिशतको साझेदारीअन्तर्गत १ करोड ७४ लाख ४० हजार लगानी गर्नेछ। 

दिव्यदीप स्कुलको आवासीय भवन बनाउन ४ करोड ३२ लाख र गुम्बा स्कुलको आवासीय भवन बनाउन ४ करोड ४० लाख अनुमान गरिएको छ। शिलान्यास कार्यक्रममा भारतीय लागत साझेदारी अन्तर्र्गत उपलब्ध हुने आर्थिक अनुदानको चेक भारतीय राजदूत श्रीवास्तवका फस्ट सेक्रेटरी अनिनाशकुमार सिंहले गाउँपालिका अध्यक्षलाई टसीनर्बु गुरुङलाई हस्तान्तरण गरेको उपाध्यक्ष छिमी बिष्टले जानकारी दिइन्। 

null

भारतीय राजदुत नविन श्रीवास्तवले मुस्ताङको थासाङ गाउँपालिका-१ मा अवस्थित भारतीय सहयोगबाट बनेको योगेन्द्र माध्यमिक विद्यालयको भवन अवलोकन गर्ने कार्यक्रम तय भएको छ। मुस्ताङमा भारतीय राजदुतावासले पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लगानी गर्दै आइरहेको छ। 

पछिल्लो पटक लोघेकरमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ। यस्तै लोमान्थाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र घरपझोङ गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको थियो। दिव्यदीप स्कुल र नालान्दा बुद्धिस स्कुलले पनि स्कुल बस पाएको थियो। 

nullnull 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.