भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त
काठमाडौं : भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो।
सन् १९८९ का व्याची मिश्री चिनियाँ मामिलाका जानकार मानिन्छन्। भारत-चीन सीमा विवादमा उनले मुख्य भूमिका खेलेको बताइन्छ। सन् २०२० मा गलवान उपत्यकामा भएको विवादमा पनि चिनियाँ राष्ट्रपति सी जिङपिङसँग समन्वय गर्ने उनी भारतीय सुत्रधार भएको बाइन्छ। त्यसबेला उनी चीनका लागि भारतीय राजदूत रहेका थिए।
उनले शनिबारदेखि कार्यभार सम्हाल्ने सरकारी अधिकारीहरूले बताएका छन्। यसअघि भारतको विदेश सचिव विनय मोहन क्वात्रा रहेका थिए। नेपालको पूर्व राजदूतसमेत रहेका क्वात्राको समयावधि सकिएपछि गत मार्चमा ६ महिनाको म्याद थप गरिएको थियो।