अपांगता भएकालाई सहायक सामग्री प्रदान
![अपांगता भएकालाई सहायक सामग्री प्रदान](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Zwsvq1js10_F9T9JlVyJn.jpg)
नुवाकोट : अपांगता भएकाहरुका लागि नुवाकोटको विदुरमा सहायक सामग्रीहरू प्रदान गरिएको छ। विदुर नगरपालिका भित्रका अपाङ्ता भएका १७ जनालाई एक/एक थान विभिन्न सहायक सामग्री वितरण गरेको हो। विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले अपाङ्ता भएका नागरिकहरूलाई हस्तान्तरण गरिन्।
एक जनालाई ह्विल चेयर, तीन जनालाई शौचालय चेयर, दुई जनालाई वाकर, पाँच जनालाई वैशाखी, पाँच जनालाई लठ्ठी, एक जनालाई सेतो छडी हस्तान्तरण गरिएको हो।
हरेक वर्ष बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त बजेट तथा थप नगरपालिकाको बजेटबाट अपाङ्ता भएका नागरिकहरूको जनजीवन सहज बनाउन विभिन्न सहयोगका कार्यक्रमहरू गरिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)