म बोलीमा दृष्टि खोज्छु
केवल आँसुको बगाइमा
आफ्नै ज्यानको स्पर्श गरी
अरूको अनुमान लगाउँछु
म देख्छु चीज म जस्तै
म भेट्छु ठाउँ उस्तै उस्तै।
हिँड्दा धर्तीलाई खोज्छु
स्पर्श गर्छु, अगाडि बढ्छु
निन्द्रामा सपना रोज्छु
सपनीमा दिन खोज्छु
जतिजति अघि बढ्छु
निशा नै निशा भेट्छु।
म बोलीमा दृष्टि खोज्छु,
म सुनाइमा आकार खोज्छु,
म अन्धकार प्रष्टै देख्छु,
उपलब्धि यही नै ठान्छु !
- बद्री केसी (स्वामी चैतन्य)