पृथ्वी अन्डा आकारको छ भनिएको छ र घुम्ने पृथ्वी नै हो, चन्द्र–सूर्य सबै ग्रह अटल निश्चल छन् घुम्दैनन् भनिएको छ। यहाँनेर प्रश्नहरू तेर्सिएका छन्।
ब्रह्माण्ड कसरी उत्पन्न भयो होला ? अचम्म लाग्छ। कहिले कतै तर्कना आउँछन्, यो मात्रै हो र ! चन्द्रसूर्य आकाश स्वर्गमत्र्य, पाताल चौध भुवन छन् भन्छन्। चौध भुवनमा एउटा पृथ्वी हुनुपर्छ, पृथ्वी लोकमा त मानिस छन्, अरू भुवनमा मानिस भए नभएको पत्तो छैन।
विकसित देशहरू कहाँ के के छन् ? विभिन्न समयमा खोजमेल भइरहेको पाउँछौं। अन्तरिक्ष यान बनाएर चन्द्रलोक मंगल ग्रहहरूमा पठाइरहेका छन्। खै त्यहाँ मानिस भएको ज्ञातमा आएको छैन। त्यहाँ हावापानी, आगो उर्वर माटो नै छन् कि छैनन् ? निश्चित छैन। आकाश त अवश्यमेव छन्, आकाश नभएको भए कोही त्यहाँ अन्तरिक्षमा यान लिएर जान सक्दैनथिए।
ब्रह्माण्डमा चौध भुवन छन् भन्ने त आध्यात्मवादले भनेको हो। भौतिकवादले यस्तो घोषणा गरेको कहीँ कतै पाइएको छैन। भौतिकवादले त पृथ्वीको उत्पत्ति नै सूर्य फुटेर आएर पृथ्वी बनेका हुन् भन्छन्। मानिसको सम्बन्धमा बाँदरबाट विकसित हुँदै आएर मानिस भएका हुन् भनेको पनि पाइन्छ।
यो ब्रह्माण्ड चराचर जगत् पहिला जलमय थियो। जलमा शेषनाग थिए, त्यसमाथि विष्णु भगवान् शयन गर्नुभएको थियो। विष्णु भगवान्को नाभीस्थलबाट कमलको दल पैदा भयो। जसमाथि ब्रह्माजी उत्पन्न हुनुभयो र यो ब्रह्माण्ड सृष्टि गर्नु भएको हो। अध्यात्मले भनेको छ।
विष्णु भगवान्को नाभीबाट पैदा भएको कमलदलबाट ब्रह्माको उत्पत्ति भयो भने त्यही अवसरमा त्यहीबेला विष्णु भगवान्को कान चिलायो। कन्याउँदा कानेगुजीबाट मधु र कैटव नाम गरेका दुईटा राक्षसको जन्म भयो। यसरी चराचर जगत् सुरु भएको मानिन्छ। देव र दानवसँगसँगै उत्पन्न भएका छन्। देवताबाट मानिसको अवतरण हुँदै गयो। दानवबाट राक्षसको प्रादुर्भाव भयो। यसरी यो ब्रह्माण्ड सुरु हुँदादेखि नै द्वन्द्वबाट भएको छ अनि कसरी यो ब्रह्माण्डमा मानिसले सुख शान्ति पाउँछ ?
यो चाहिँ हो कि जस्तो लाग्छ, ऋषिहरू पहिला उत्पन्न भए अनि ऋषि पछि हामी नै उदाहरण छौं। हामीहरू आयौं। जस्तै हामी कश्यप ऋषिका सन्तान हौं। ऋषिबाट मानव भए भने यो कुरा सत्य नै हो। आध्यात्मवादको कुरा कहाँनेर पत्यारलाग्दैन भने पाँच हजार वर्षसम्म मधुर कैटम राक्षस र विष्णु भगवान्को युद्ध भयो भनिएको छ। त्यो पनि हुन सक्छ ठीक छ ल !
तर विष्णु भगवान्ले जब ती दुईटा राक्षसलाई मार्नुभयो, तब तिनका मासुबाट पृथ्वी माटो भए हाडबाट ढुंगा भए रगतबाट नदीनाला भए रे। भन्दा यत्रो संसार ब्रह्माण्ड ती दुईटा राक्षसको मासु, हाड, रगतबाट माटो, ढुंगा, नदी भएका होलान् त त्यहाँनेर अलि के होला ? भन्ने लाग्छ नत्र त अरू कुरा हुन सक्छन्। अचम्म त यो छ कि हाम्रा शास्त्र र अठार पुराण बनेका छन् जो एउटा इतिहास पनि हुन् जसले त्यहाँ त्यतिबेला भनेका कुराहरू अहिले आएर कसरी मिल्छ ?
यो एउटा अचम्मलाग्दो कुरा छ नि ! अरू त छोडौं, लौ यो दुनियाँले मानेको कुरा यति गते यतिबेला सूर्यग्रहण अथवा चन्द्रग्रहण लाग्छ भनेको बेलामा एक सेकेन्ड फरक पदैन। ट्याक्क कसरी लागेको हुन्छ ? यो कसरी मिल्छ ? यस्ता उदाहरणीय कार्य धेरै छन्। अध्यात्मवादलाई केही पहिला यो सबै रुढीवाद हो पनि भनियो। यो अध्यात्मवादले भनेका कुरा केही हैन पनि भनियो तर अहिले मानिस विस्तारै यसैमा फर्किंदै आएको पाइन्छ।
भूकम्पका कुरा गर्नुपर्दा पनि फरक अनुभूति हुन्छ। भूकम्प यसरी जान्छ भनेर अध्यात्मवादले भन्न सकेन, त्यो कुरा भौतिकवादले पनि भन्न सकेन। यसर्थ भौतिकवाद केवल आध्यात्मवादको पछि–पछि लागेको हो कि जस्तो देखिन्छ। सूर्य फुटेर आएर पृथ्वी बन्यो भन्ने कुरा पनि त्यति सान्दर्भिक भएन। सूर्य फुटेर आएर विस्तारै सेलाउँदै गयो र पृथ्वी बन्यो भन्ने कुरा पनि प्रष्ट छैन। त्यतिले मात्रै त भएन होला, पानी चाहियो, हावा चाहियो अनि पानी–हावा कसरी आए त ? भन्ने पनि हुन सक्छ र हो पनि राम्रो माटो पनि चाहियो।
फेरि अर्को कुरा मानिस चिम्पाञ्जीबाट विस्तारै विकसित हुँदै गएर मानिस बने भन्ने छ। कसरी ? निम्बुको बोटमा सुन्तला फल्दैन र अम्बा पनि फल्न सक्दैन। सुन्तलाको बोटमा सुन्तला नै पनि फल्छ। त्यसकारण चिम्पाञ्जी चिम्पाञ्जी नै हो। मानिस मानिस नै हो। एकबाट अर्को हुनै सक्दैन। त्यसो भए त अहिले पनि चिम्पाञ्जीबाट मानिस भएर आउनुपर्ने खै त ? छैन। अध्यात्मवादबाट नीतिगत कुराहरू सबै मिलाएको पाइन्छ। जस्तै ब्रह्माले सृष्टि गरे विष्णुले पालन गरे भन्नाको मतलव विष्णुले सबै कर्म मिलाएका हुन् भनिन्छ। महेश्वरले त्यो नीतिनियम हेरेर सम्हार गर्छन्। यी सबै नीतिगत मिलाएको पाइन्छ।
पृथ्वी, जल, तेज, वायु, आकाश सृष्टि गरेपछि तिनका कार्य पनि विभाजन गरे। तिनले अहिलेसम्म अटुट रूपले पालना गर्दै आएका छन्। तीमध्ये कुनै पनि पाँच मिनेट रोकिने हो भने सबै ब्रह्माण्ड समाप्त हुन्छ। यसर्थ नीतिहरू सृष्टिकालदेखि आजसम्म अटुट रूपमा निरन्तर चलेका चल्यै छन्। कुनैले धर्म छोडेका छैनन्। यो कस्तो होला ? र यो ब्रह्माण्ड चलेको चल्यै छ।
हामीलाई कसैले यो पृथ्वीको माझ यहाँनेर हो भन्यो भने पत्याउनुपर्छ। किनकि हामीलाई केही थाहा छैन। हैन भनौं भने नापेर देखाउन सक्नु पर्यो नि त। नापेर देखाउन सक्ने कसको तागत ? अब गुरुत्वाकर्षणको कुरा। पृथ्वीको गुरुत्वाकर्षणका बारेमा पनि केही प्रश्न छन्। पृथ्वी गोलो छ भनिन्छ होला, त्यसमा त अध्यात्मले पनि ब्रह्माण्ड भन्छ। जस्तै पृथ्वी अन्डा आकारको छ भनिएको छ र घुम्ने पृथ्वी नै हो, चन्द्र–सूर्य सबै ग्रह अटल निश्चल छन् घुम्दैनन् भनिएको छ। यहाँनेर प्रश्नहरू तेर्सिएका छन्।
जति पृथ्वीको गहिरो हुँदै जान्छ, त्यति गुरुत्वाकर्षण बढ्दै जान्छ भनिन्छ। त्यो गहिराइको भिरमा मानिस तेर्साे किसिमले किन उभिन सक्दैन ? त्यसलाई पृथ्वीको गुरुत्वाकर्षणले तान्नुपर्ने हो। अहँ ! उभिन सक्दैन त्यो भिरमा माथिबाट ठूलो ढुंगो पल्टिएर गयो भने पनि त्यो भिरको बीचमा केही ढिस्को पर्यो भने माथिबाट पल्टिएको ढुंगो त्यो ढिस्कोमा गएर अडिन सक्छ। यो ध्रुवसत्य हो। स–साना कीटपतंग रुखका टुप्पामा पात–पातमा हिँडिरहेका हुन्छन्। पात छोडे भने तल खस्छन्। किन ? भन्दा तिनको अडिने आधार भएन र खसेका हुन्।
अर्कोकुरा, तलबाट हामीले जतिसुकै जोडले आकाशतिर ढुंगा फाल्दा पनि माथि गएको गयै किन हुँदैन ? तलै फर्किएर आउँछ। यो गुरुत्वाकर्षणका कारणले भनिन्छ। यस विषयमा पनि उकालोतिर त जानै सक्दैन नि त्यो फालेको ढुंगो ! माथितिर कुनै आधार पायो भने त्यहीँ पनि अडिन सक्छ। त्यसकारण गुरुत्वाकर्षण हैन, आधार खोजेको हो। फेरि पृथ्वी घुम्छन् आकाश, चन्द्रमा, सूर्य।
सबै ग्रहहरू अटल छन् भनिएको छ। यसमा पनि पटक्कै पत्यार लाग्दैन। रोटेपिङ घुम्दा झैं घुम्ने हुन् कि जाँतेपिङ घुम्दा झैं घुम्ने हुन्। यदि जाँतेपिङ घुम्दा झैं घुम्ने हुन् भने चौबिस घण्टामा पूर्वबाट पश्चिम पुगिसकेको हुनुपर्छ। पूर्वबाट घुमेका हुन् कि पश्चिमबाट ? त्यति जोडले त्यसरी घुम्दा एक त मानिसलाई रिगँटा लाग्नु पर्छ। त्यतिसारै यत्रो ब्रह्माण्ड घुम्दा हल्लिएको अनुभूति हुनुपर्छ। यो त कत्ति पनि महसुस हुँदैन।
फेरि सूर्य उदय हुँदा पनि रातै हुन्छन्। अस्त हुँदा पनि रातै हुन्छन्। किन रातो हुन्छ ? यदि रोटेपिङ घुम्दा झैं घुम्ने हो भने नदीनाला समुद्रका पानी पनि उल्टो भएर पोख्खिनुपर्ने हो। पोखिएका छैनन्। घुम्ने त सधैं एकनास हुन्छ– कहिले चाँडो र कहिले ढिलो हुँदैन। एकनासले घुम्दा कहिले उत्तरायण र दक्षिणायन भएर कहिले लामा र कहिले छोटो दिन कसरी हुन्छ ? फेरि कहिले गर्मी र कहिले जाडो। यो पनि कसरी हुन्छ ? कहिले सूर्य उत्तरतर्फ पुगेका हुन्छन् अनि कहिले दक्षिण। यसर्थ पृथ्वी हैन, चन्द्रसूर्य नवग्रहरू घुम्छन्। पृथ्वी र आकाश अटल छन्।