ठूलो पार्टी भएकाले केन्द्रीय कमिटीको संख्या बढाइयो

एकीकृत समाजवादी अरु जस्तो साधारण पार्टी होइन : नेपाल

एकीकृत समाजवादी अरु जस्तो साधारण पार्टी होइन : नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनबाट नेतृत्व सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस अगाडि पार्टीका चारवटै दस्तावेज सहमतिमै पास भएको बताएका हुन्। 

उनले अहिलेको विशिष्ट अवस्थामा नेताहरु हातेमालो गर्दै मिलेर अगाडि बढ्न कार्यकर्ताबाट स्वरहरु बढिरहेको बताए। नेपालले अरु पार्टी जस्तो सामान्य पार्टी एकीकृत समाजवादी नभएको दाबी गरे।

‘नेपाली समाजमा ठूला ठूला उथलपुथल भइरहेका छन्। प्रत्येक उथलपुथलमा हामीले अग्रगामी भूमिका खेलेका छौं। हामी सहभागी मात्र होइन, अगुवाई पनि गरिरहेका छौं।’ उनले भने,‘अरु पार्टी जस्तो साधारण पार्टी एकीकृत समाजवादी होइन । त्यतिकै घटनाक्रममा सहभागी हुने पार्टी होइन।’

घटनाक्रमलाई सुत्रीय हस्तक्षेप गर्ने र अरुलाई पछाडि दौडाउन सक्ने क्षमता पार्टीसँग रहेको उनको भनाई छ। नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरे।

नेपालले सानो पार्टी हुँदा थोरै पद र ठूलो पार्टी हुँदा धेरै पद आवश्यकता परेको बताए। एकीकृत समाजवादीले १९९ बाट बढाएर २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.