टि–२० विश्वकपको फाइनल आज , भारत र  दक्षिणअफ्रिका भिड्ने

टि–२० विश्वकपको फाइनल आज , भारत र  दक्षिणअफ्रिका भिड्ने
सुन्नुहोस्

काठमाडौं :  आइसिसी टि–२० विश्वकप २०२४ को फाइनल खेल आज साँझ हुनेछ। उपाधिका लागि भारत र  दक्षिणअफ्रिका भिड्ने छन्। 

 
गुयनामा शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो।
 
त्यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो।
 
खेल बार्बाडोसको केन्सिङ्टन ओभल, ब्रिजटाउनमा हुनेछ ।

सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई हराउँदै भारत तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।  दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतीय टोलीले आफंना सबै सात खेल जितेको छ ।

भारत र दक्षिण अफ्रिकाबीच २६ टी–२० अन्तर्राष्ट्रिय खेल भएका थियो। जसमध्ये भारतले १४ वटा जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.