‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात

‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात
सुन्नुहोस्

नुवाकोट : ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक बिरुवा अर्थात #OneYouthOnePlant अभियानको औपचारिक सुरुवात भएको छ। 

नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो। गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले विदुर नगरपालिकामा बिरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन्। युवाहरूले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरूसँग ऊर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्,‘यस अभियानमा सहभागी हुने युवाहरू सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण रहेको भन्दै आज रोपिएका बिरुवाहरू रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्ने छ।’ 

आजबाट शुरु अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ।राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्नेछन्।यस अभियानका लागि एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले बताईन्।‘यसले युवाहरूको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ,’ उनले भनिन्।

कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रिय कार्यसमिति सदस्य एवं बाग्मती प्रदेशका सयोजक नविन गिरीले यस अभियानलाई देशव्यापी रुपमा पुर्याउन सहयोग गरेकोमा एनसेल र एफएओ नेपाल,  शुभारम्भ कार्यक्रमका लागि विदुर नगरपालिकालाई कृतज्ञता व्यक्त गर्दै एक युवा एक बिरुवा अभियानको सफलता नेपालभरका युवाहरूको सामूहिक प्रयासमा मात्र सम्भव हुने बताए।

कार्यक्रमका सभापति एवं विदुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष गणेश कुमार नेपालले महत्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे। ऐतिहासिक शुभघाटमा युवाले रोपेका ७७ बिरुवाको संरक्षणको जिम्मा समेत वडा नं १० ले लिएको छ भने भविष्यमा सो स्थानमा पार्क निर्माण गरिने योजना समेत रहेको आयोजक संस्थाहरूले जनाएका छन्। कार्यक्रममा नेपाल युवा परिषद, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.