चक्रपथ विस्तारको काम सकाउन माग गर्दै कांग्रेस नेताको दबाब यात्रा

चक्रपथ विस्तारको काम सकाउन माग गर्दै कांग्रेस नेताको दबाब यात्रा
सुन्नुहोस्

काठमाडौं : चक्रपथ विस्तारको बाँकी काम अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ। शनिबार कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा रिङरोड विस्तारका लागि काठमाडौंमा दबाब यात्रा आयोजना गरिएको हो। 

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै विरोधस्वरुप पैदलयात्रा गरिएको नेता पौडेलले बताए। सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको उनले बताए। 

दबाब यात्राका क्रममा सडक नजिक रहेका व्यवसायीहरू र स्थानीयसँग नेता पौडलले अन्तर्क्रिया गरेका थिए। कलंकीदेखि चावहिलसम्मको १३ किलोमिटर सडक सन् २०२० सम्म पूरा गर्नुपर्ने भए पनि विभिन्न बहानामा अल्झाउने काम भएको नेता पौडेलले बताए। उनले चक्रपथ विस्ताको कामलाई सरकारले गम्भीर रुपमा नलिएको खण्डमा सरकारी गाडीलाई चल्ने अवस्था आउने चेतावनी दिए।

उनले नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग पनि छलफल गरेको जानकारी दिए। नेता पौडेलले चक्रपथ विस्तारको दबाबका लागि कुनै राजनीतिक स्वार्थ नरहेको धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.