घाँटी रेटिएको अवस्थामा फेला परेका ओभरसियरको मृत्यु

घाँटी रेटिएको अवस्थामा फेला परेका ओभरसियरको मृत्यु
सुन्नुहोस्

डडेलधुरा  : डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियर डम्वरदेव भट्टको मृत्यु भएको छ। शनिबार डडेलधुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन्।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए। उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ। डम्बर हिजो बेलुकादेखि हराएका थिए। हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन्।

उपचारका लागि उनलाई डडेलधुरा अस्पतालले धनगढी रेफर गरिएको थियो। धनगढीमा उपचार कै क्रममा ओभरसियर भट्टको मृत्यु भएको उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष द्विजराज भट्टले जनाए। सब ओभरसियर रहेका उनी निर्माण व्यवसायी समेत हुन्। निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए। आर्थिक अवस्था नाजुक हुँदै गए पछि उनी केही तनावमा रहेको कुरा खुल्न आएको छ। 

उनले आर्थिक कारणले हुन सक्ने मानसिक तनाव सहन नसकेर आत्महत्याको प्रयास गरेको हुन सक्ने जनाएको छ। भट्टले शुक्रबार साँझबाट घर छोडेका थिए। रातिसम्म घर नफर्किएप५ि उनका आफन्तले खोजी गरेको तर नभेटिएको जनाए। उनी आज बिहान मात्रै घाँटी चक्कुले रेटेको र रकताम्य अवस्थामा भेटिएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव अहिले डडेलधुरा ल्याउने आफन्तले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.