पाल्पामा खेतमै रोपाइँ महोत्सव

पाल्पामा खेतमै रोपाइँ महोत्सव
सुन्नुहोस्

तानसेन : यस वर्षको असार १५ पाल्पाका किसानहरूलाई भने जस्तै भयो। शुक्रबार रातिदेखि नै झम झम पानी पर्‍यो। पाल्पाका सबैजसो किसानहरू पानी परेसँगै फाँटहरू निकै व्यस्त देखिए। किसानहरू खेतमा काम गरिरहेको समयमा पाल्पाका जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरू २१ औ राष्ट्रिय धान दिवस मनाउन, बाजा बजाउँदै नाच गर्न खेतका फाँटहरूमा पुगे। 

किसानहरू असार १५ कै अवसरमा धान लगाउन खेत खेतमा पुगेका छन्। शुक्रबारदेखि परेको अविरल वर्षासँगै किसानहरू मानो रोपेर मुरी उब्जाउन खेत खेतमा काम गरिरहेका देखिन्छन्। कोही किसानहरू धान रोप्न ब्याडमा बिउँ काढ्दै छन्। कोही खेतमा आली लगाउँदै छन्। कोही किसान खेतमा माटो हिलाउँदै छन् त कोही ट्याक्टर जोत्दै हिलाउँदै छन्। कोही परम्परागत रुपमा गोरुले जोत्दै छन्। 

कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै धान रोप्न सहज भएको पाल्पा माडी फाँटका किसान अग्निराज न्यौपानेले बताए। विगतमा खेतमा काम गर्न कठिन भएपनि अहिले प्रविधिसँगै खेती गर्न सजिलो भएको माडी फाँटका किसान न्यौपानेले बताए। किसान न्यौपानेले ११ रोपनी खेतमा ४५ मुरी धान फलाउने गरेका छन्। 

किसानहरू खेत खेतमा व्यस्त रहँदा पाल्पाका स्थानीय सरकारहरू पनि किसानका खेत-खेत फाँट-फाँट पुगेर किसानहरूसँगै राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँमा सहभागी भएका छन्। फाँट फाँटका किसानहरू उत्साह जगाउन, धान खेती विस्तार गर्न, उनीहरूको वास्तविक समस्या फिल्डमै गएर जानकारी लिएका छन्। 

किसानसँगै रमाउँदै उनीहरूको समस्या गुनासाहरू सुन्न र सम्बोधन गर्न स्थानीय सरकारको रुपमा धान दिवस मनाउँदै किसान हिलो खेतमै आएको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन्। हामी अहिले हामी किसान बाट जनप्रतिनिधि भएका छौ, भोलिका दिनमा फेरी किसान नै भएर समाजमा रहने बस्ने भएकोले स्थानीय सरकारले किसानका समस्या बुझ्ने सम्बोधन गर्ने काम रहेको अध्यक्ष चिदीले बताइन्। 

किसानको हौसल्ला बढाउँदै उनीहरूका पिर मर्कालाई सम्बोधन गर्दै बाँझा भएका खेतहरूका धान रोप्ने वातावरण बनाउन लागि परेको धान दिवसमा सहभागी बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताए। 

‘बगनासकली गाउँपालिकाको प्रमुख आधार नै कृषि हो। कृषिको आधुनिकीकरण र व्यवसायीकरण विना पालिको दिगो प्रगति हुन सक्दैन। यहाँको माडी फाँट, दैलातुङ्ग फाँट, दरपुक फाँट प्रमुख अन्न भण्डार क्षेत्र हुन्। किसानहरूलाई चाहिने पूर्वाधार तथा यान्त्रिकरणका लागि किसानको मागको आधारमा सहयोग गर्ने छौं,’ पालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बताए। 

बगनासकाली भित्र खपत हुने र उत्पादन हुने खाद्यान्नहरू तथ्यांक लिने सोही आधारमा धानको उत्पादन बढाउने, किसानहरूलाई प्रोत्साहन गर्ने, हौसल्ला बढाउने र परम्परागत रुपमा खेतिपाती गर्दै आएका किसानहरूलाई व्यवसायी बनाउँदै आधुनिक प्रविधिमा रुपान्तरण गर्ने गरी पालिका स्तरमा छलफल भएको बगनासकाली कृषि शाखा प्रमुख रामहरि गैरेले बताए। 

पाल्पामा हाल सम्म ९ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ। पाल्पामा ८ हजार २ सय ४० हेक्टरमा धान खेती हुँदै आएकोमा हाल सम्म ७४२ हेक्टरमा मात्र रोपाइँ भएको छ। पाल्पामा प्रति हेक्टर ३. ४५ टनको दरले २४ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ। पाल्पामा विगत ५ वर्षदेखि धान उत्पादनको दर स्थिर रहेको छ। 

nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.