काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय सञ्चालन, पाँच जिल्लावासीले सेवा पाउने

काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय सञ्चालन, पाँच जिल्लावासीले सेवा पाउने
सुन्नुहोस्

काभ्रे : जिल्लाको बनेपा-६ बुडोलमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शनिबार यातायात व्यवस्था कार्यालयको उद्घाटन गरे। अब कार्यालयबाट आइतबारदेखि सेवा सुरु हुने छ। 

श्रम रोजगार तथा यातायात मन्त्री लम्सालले राष्ट्रिय राजमार्ग जोडिएको बनेपामा यातायात व्यवस्था विभागको कार्यालय रहनु महत्वपूर्ण कुरा भएको बताए। अरनिको राजमार्ग भएर चीन र विपि राजमार्ग भएर भारतसँग सीमा जोडिन पुग्ने महत्त्वपूर्ण राजमार्गमा कार्यालय स्थापना हुनु ऐतिहासिक भएको बताए। 

बनेपा कार्यालयबाट पाँचवटा जिल्लाले सेवा पाउने कार्यालयले जनाएको छ। बनेपा कार्यालय बाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछाप जिल्लाबासीले सेवा पाउने कार्यालयले जनाएको छ। प्रदेश सरकारले साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरिएको छ। 

कार्यालयबाट प्रारम्भिक चरणमा सवारी दर्ता/नामसारी/नविकरण/प्रतिलिपि जारी, सवारी जाँचपास (प्राविधिक निरीक्षण/परीक्षण) सम्बन्धी कार्य, बाटो इजाजात (रुट परमिट) प्रदान र नवीकरण सम्बन्धी सेवा प्रदान गरिने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.