पहिरोमा घाइते भएका लिम्बूको उद्धार
![पहिरोमा घाइते भएका लिम्बूको उद्धार](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_UgfoLRdlCy_r0EVLeOLJV.jpg)
विराटरनगर : ताप्लेजुङको सिरिजंगा गाउँपालिका मामाङमा शुक्रबार रातिको पहिरोमा परेर घाइते भएका पदमबहादुर लिम्बूको उद्धार गरिएको छ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको पहलमा हेलिकोप्टरबाट लिम्बूको उद्धार गरिएको हो।
घाइते लिम्बूलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर ल्याएर नोबेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ।
लिम्बूको उपचारको रेखदेख गर्न मन्त्री आफैं अस्पतालमा पुगेका थिए। केही दिनदेखिको लगातारको वर्षाले ताप्लेजुङमा ठूलो धनजनको क्षति गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)