विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य
काठमाडौं : आइसीसी टी-२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको हो।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए। रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले दुई-दुई विकेट लिए भने मार्को जन्सेन र कगिसो रबाडाले एक-एक विकेट लिए।