काठेपुलकै भरमा खोला वारपार गर्नुपर्ने वाध्यता
हुम्ला : चंखेली गाउँपालिका-५ स्थित नेप्का गाउँका दर्जनौं खोलामा काठेपुलको भरमा वारपार गर्नुपर्ने बाध्यता छ। खोलाहरू झुलुगे पुल नहुँदा नेप्का गाउँबासीहरू बर्सेनि काठेपुलको भरमा आवतजावत गर्दै आएको चंखेली गाउँपालिका -५ भियाले तामाङले जानकारी दिए।
गाउँबाट खर्क जान दर्जनौं बढी खोलामा काठेपुल निर्माण गरिएको तामाङले बताए। वर्खा लागेसँगै प्रत्येक वर्ष काठेपुल खोलाले बगाउँदा स्थानीयहरूले सास्ती खेप्दै आएका छन्।
खर्क र जडीबुटी संकलन गर्न जाने समेत समस्या भएको चंखेली गाउँपालिका-५ का जसबहादुर तामाङले बताए। चीनको हरियाचौरसम्म नुन,लुगाकपडालगायत दैनिक उपभोग्य वस्तु ल्याउ जान पनि समस्या हुने गरेको तामाङको दु:खेसो छ।
जीर्ण काठेपुलबाट पशुवस्तु आउजाउ गर्दा खसेर मर्ने गरेको उनको भनाइ छ।