महिला मन्त्रालयको बजेटप्रति उपसभामुखको आपत्ती, भनिन् - परियोजना जत्तिको पनि छैन

महिला मन्त्रालयको बजेटप्रति उपसभामुखको आपत्ती, भनिन् - परियोजना जत्तिको पनि  छैन
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरले महिला मन्त्रालयको बजेट कम छु्ट्याएको भन्दै आपत्ती जनाएकी छन्। ६६ औं संसद दिवसका अवसरमा नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख  राना मगरले मन्त्रालयलाई छुट्याएको बजेट एउटा परियोजना जत्तिको पनि नभएको भन्दै टिप्पणी समेत गरिन्।

'मलाई दु: ख लागिरहेको छ। महिला मन्त्रालयको बजेट एउटा परियोजना जति पनि छैन। कति दु:ख लाग्दो, 'उनले भनिन्,'ठूलाठूला शब्द बोलेर के गर्नु। परिवर्तन हुन चाहदैनौं हामी।'

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि महिला मन्त्रालयलाई १ अर्ब ६० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ।

बजेट कम विनियोजन भएपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले केही समयअघि राजधानीमा आयोजित कार्यक्रममा  महिला हिंसाका घटना बढ्दै जाँदा बजेट घटाएको भन्दै आपत्ती जनाएकी थिइन्।

महिलाजस्तो संवेदनशील मन्त्रालयमा पर्याप्त बजेट नआउनु दु:ख विषय रहेको बताइएकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.