१५ सालको निर्वाचनको परिणामदेखि संसद‍्का कामलाई डिजिटिलाइज्ड गरेका छौं : सभामुख

१५ सालको निर्वाचनको परिणामदेखि संसद‍्का कामलाई डिजिटिलाइज्ड गरेका छौं : सभामुख

काठमाडौं : प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउन अझैं तमाम काम गर्न बाँकी रहेको बताएका छन्। आइतबार ६६ औं संसद दिवसका अवसरमा नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित कार्यक्रमलाई बोल्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका हुन्।

उनले संसदले गरेका कामहरूको अभिलेख सुरक्षित नरहेको आवाज उठेपछि २०१५ सालको निर्वाचनको परिणामदेखि संसद‍्ले खेलेको भूमिकालाई आर्काइभ गर्ने काम भएको जानकारी दिए।

 'संसद‍्का कामहरूको अभिलेख सुरक्षित रहेको विषय उठ्यो। २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भूमिकालाई आर्काइभ गर्ने सन्दर्भमा त्यसलाई डिजिटिलाइज्ड गरिएको छ,'सभामुखले भने,' ०४८/०४९ सालतिरको संसदका कुराहरूलाई रेकर्ड गर्ने काम भइरहेको छ।'

सभामुख घिमिरेले विभिन्न कालखण्डमा बनेका कानुनको सन्दर्भमा पनि आर्काइभ गर्ने काम भइरहेको जानकारी दिए। उनले संसदलाई प्रभावकारी बनाउने ,नेपालको कुटनीतिलाई ठिक ढंगबाट निर्क्यौल गर्ने तमाम काम गर्ने जिम्मा इतिहासले आफूलाई सुम्पेको बताए।

उनले भने,'हामीले संसदको गरिमालाई बुझ्न सक्यौं भने, यसको इतिहासलाई कायम गर्न सक्यौं भने हाम्रो प्रयत्न अगाडि बढ्नेछ। हाम्रा प्रयत्नलाई विथोल्न आउने शक्तिहरू आफै परास्त हुनेछन्।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.