घरायसी विवादमा बुहारीले लगाइन् ससुराको गोठमा आगो
![घरायसी विवादमा बुहारीले लगाइन् ससुराको गोठमा आगो](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_QZgHCL6VQb_2E22KXg6gg.jpg)
दाङ : दाङमा बुहारीली आफ्नै ससुराको गोठमा आगजनी गरेकी छ्न । दाङको बङलाचुली गाउँपालिका–५ मा ७३ वर्षीय ओबिराम घर्तीको गोठमा उनकी बुहारी २६ वर्षीया खेमा घर्तीले गोठमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादको कारण राति खेमाले ससुराको गोठमा आगजनी गरेकी हुन । उनलाई प्रहरीले पक्राउ गरेको छ । आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कमिरेचौरले जनाएको छ । आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)