शीर्ष नेताले सम्बोधन गर्दै

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह (लाइभ)


काठमाडौं : एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह जारी रहेको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना भएको हो। 

भृकुटीमण्डपबाट र्‍यालीसहित काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले उद्घाटन गरेका हुन्। 

उद्घाट समारोहमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत राजनीतिक दलका नेताहरु सहभागी रहेका छन्। 

आजबाट बिहीबारसम्म हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ। एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनलाई १० औं महाधिवेशनका रूपमा दाबी गरेको छ। एमाले फुटेपनि समानुपातिक तर्फ पहिलो दल बन्दा गत निर्वाचनमा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी समेत बन्न सकेको थिएन।

माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले २०७८ साल भदौ ९ गते दल दर्ताको प्रमाणपत्र पाएको हो।

पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ। महाधिवेशनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ। महाधिवेशनले अध्यक्ष,वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य छनोट गर्नेछन्।

अध्यक्षमा नेपाल र झलनाथ खनालले आकांक्षा देखाएका छन्। यद्यपी निर्वाचन भएको खण्डमा खनालले घनश्याम भुसाललाई अगाडि सार्नेले तयारी गरेको नेताहरुले बताएका छन्।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.