एकीकृत समाजवादीको महाधिवेशनमा एमालेले गर्‍यो बहिष्कार

एकीकृत समाजवादीको महाधिवेशनमा एमालेले गर्‍यो बहिष्कार
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन बहिष्कार गरेको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि प्रज्ञा भवनमा आयोजित महाधिवेशनको उद्घाटन समारोहका कांग्रेस, माओवादी लगायत साना दल सहभागी भएपनि एमाले उपस्थित नभएको हो। 

भृकुटीमण्डपबाट र्‍यालीसहित काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमतका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत राजनीतिक दलका नेताहरु सहभागी रहेका छन्। 

एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनलाई १० औं महाधिवेशनका रूपमा दाबी गरेको छ। एमाले फुटेपनि समानुपातिक तर्फ पहिलो दल बन्दा गत निर्वाचनमा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी समेत बन्न सकेको थिएन। 

माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले २०७८ साल भदौ ९ गते दल दर्ताको प्रमाणपत्र पाएको हो। एमालेले लामो समयसम्म एकीकृत समाजवादीलाई दलको रुपमा समेत स्वीकार गरेको थिएन। आजको कार्यक्रममा समेत नेकपा एमालेबाट  कोही प्रतिनिधि सहभागी भएका छैनन् ।

यता एमाले अध्यक्ष केपी शर्मा ओली एमालेको कृषि तथा पशुपन्छी विभागले आयोजना गरेको कार्यक्रममा सहभागी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.