प्रतिनिधिसभा बैठक

संशोधनको प्रस्ताव कार्यसूचीमा नराखेपछि कांग्रेसको आपत्ति, भन्यो - गम्भीर त्रुटि भयो, बैठक स्थगित गरौं

संशोधनको प्रस्ताव कार्यसूचीमा नराखेपछि कांग्रेसको आपत्ति, भन्यो - गम्भीर त्रुटि भयो, बैठक स्थगित गरौं

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली  कांग्रेसले आर्थिक विधेयकमाथि आफ्ना सांसदहरूले दर्ता गराएको संशोधनको प्रस्ताव दैनिक कार्यसूचीमा नराखेको भन्दै  आपत्ति जनाएको छ। आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले संसदीय सचिवालयले गम्भीर प्रकृतिको लापरवाही गरेको भन्दै यसलाई सच्याउन माग गरे।

नेता लेखकले आफ्ना पार्टीका चारजना सांसदहरूले आर्थिक विधेयकमाथि संशोधनको प्रस्ताव दर्ता गराएको तर सचिवालयले कार्यसूचीमा नराखेको भन्दै आगामी दिनमा त्रुटि नगर्न आग्रह समेत गरे। उनले बैठक स्थगित गरेर संशोधन छ कि छैन यसबारे एकिन गर्न मात्रै  बैठक सञ्चालन गर्न सभामुख देवराज घिमिरेलाई चुनौती दिए।

'संसदीय सचिवालयले गम्भीर प्रकृतिका लापरवाही गर्दै आएको छ। हाम्रो पार्टीका तर्फबाट प्रस्तुत आर्थिक विधेयकमा माननीय डा.आरजु राणा देउवा,दिलेन्द्रप्रसाद बडू,प्रकाश शरण महत र श्यामकुमार घिमिरेज्यूले  असार १३ गते संशोधन हाल्नु भएको थियो। दर्ता नम्बर ८ मा यो दर्ता भएको छ। आजको कार्यूची पनि हेरेँ। विधेयकमा प्राप्त संशोधनहरू पनि हेरेँ। माननीय सांसदहरूको संशोधन छैन। बैठक अहिलेलाई स्थगित गरेर संशोधन छ कि छैन हेरौं। छैन भने किन छैन । त्यो पनि हेरौं,'उनले भने,' संशोधनहरूलाई समावेश गरेर मात्रै बैठक चलाउनुपर्यो।'

त्यसपछि सभामुख देवराज घिमिरेले आर्थिक विधेयकमा संशोधन नपरेको सूचना प्राप्त भएको जानकारी दिए। उनले भने,'मैले बुझ्दाखेरी उहाँहरूको संशोधन लगानी सहजीकरणसम्बन्धी विधे‍यकका लागि आएको भन्ने खबर आएको छ। यसमा दर्ता भएको कुरा आएन। केही मिस्टेक भएको हो वा होइन भन्न गाह्रो छ। यो आर्थिक विधेयकलाई अगाडि बढाउन छलफलमा सहभागी हुन अनुरोध गर्दछु।'

त्यसपछि नेता लेखक सिटबाट फेरि उठेर कांग्रेसलाई आर्थिक विधेयक र लगानी सहजीकरण विधेयकबीचको फरक थाहा नहोला र ? सभामुख भन्दै प्रति प्रश्न गरे। 'सभामुखको रुलिङ त अन्तिम नै हुन्छ। हामीले मान्ने विषय नै हो। नेपाली कांग्रेसलाई  आर्थिक विधेयक र लगानी सहजीकरण विधेयकबीचको फरक थाहा नहोला र सभामुख महोदय। मैले निवेदन गर्न खोजेको आर्थिक विधेयकमा हो। लगानी सहजीकरण विषय त आजको कार्यसूची नै छैन। यसमा संशोधन छँदैछ।  आजको संशोधन भनेको २०८१ हो। हाम्रो पार्टीको तर्फबाट चारजना माननीय सांसदहरूले संशोधन भयो। त्यो संशोधन नेपाली कांग्रेसको संसदीय दलको कार्यालयको कर्मचारीले गएर सम्बन्धित शाखामा पुर्‍याउनु भयो। दर्ता नम्बर ८ मा दर्ता गरेर मलाई कागज दिनु भयो। यसमा कांग्रेसले यसै भन्नुपर्ने कारण छैन। यसमा के गर्ने हो। ध्यानाकर्षण गराएको हो। यो गम्भीर प्रकृतिको त्रुटि भयो।'

लगत्तै नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेसले  संशोधन दर्ता गराएको हो कि होइन यसबारे निश्चित गरेर मात्रै हाउस अगाडि बढाउन सभामुखसँग आग्रह गरे।

त्यसपछि सभामुखले आर्थिक विधेयक संशोधन राखेको भए आफ्नो संशोधन पेश गरेर छलफल सहभागी हुन कांग्रेस सांसदलाई आग्रह गरे। डा. प्रकाशशरण महतले आर्थिक विधेयकमाथि संशोधन प्रस्ताव पेश गरेर छलफलमा भाग लिएर बोलिरहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.