ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सुन्नुहोस्

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–४ खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धवलागिरी गाउँपालिका–४ नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ जाँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार ट्याक्टरमा सवारी रामेछापको खाँडदेवी गाउँपालिका–८ का ३२ वर्षीय रवी भण्डारीको मृत्यु भएको हो। 

उनलाई दिउँसो १२:२० मा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए। 

ट्याक्टर सडकदेखि ३०० मिटर तल खसेको थियो। चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ का ३० वर्षीय भुवन कुमार पाख्रिन सकुशल रहेका छन्। उक्त ट्याक्टर अपर म्याग्दी जलविद्युत आयोजनामा निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो। 

मृतकको शवलाई बेनी अस्पतालमा परीक्षणका लागि राखिएको र चालक पाख्रिनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.