गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु
![गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/auto-riksa_20221204151219_OEuRFMrg0c_dNcCKkRzdG.jpg)
दाङ : दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ। खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडिरहेको अटोबाट खस्दा घोराही-१० नारायणपुरका ६० वर्षका बसन्तबहादुर घर्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ।
खैराबाट कोठरी जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)