जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
![जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_QZgHCL6VQb_t8iRKWZ9Lw.jpg)
काठमाडौं : प्रहरीले ललितपुरबाट जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बलात्कार आरोपी ललितपुरको गोदावरी नगरपालिका–६ का ५० वर्षीय कृष्णकुमार दाहाललाई शनिबार चापागाउँबाट पक्राउ गरिएको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
दाहालमाथि ‘परिवर्तित नाम ०८०/०८१ सातदोबाटो (११९)’लाई बलात्कार गरेको आरोप लागेको उनको भनाई छ। आचार्यका अनुसार दाहाललाई थप अनुसन्धानका तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त सातदोबाटो पठाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)