नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
![नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_5EnwyeVbxJ_j4ltuLKkFh.jpg)
काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ। आइतबार नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्न लामा वडा अध्यक्षहरू लगायतले संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर नगरलाई पूर्ण खोप नगर घोषणा गरिएको हो।
नगरपालिकाको १ नम्बर वडादेखि ११ वडा सम्मका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खाले खोप पाएका र खोप कार्यक्रम पूर्ण रुपमा सबै बालबालिकाको पहुँचमा पुगे पछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)