घरजग्गा कर्जा र कारोबार बढ्यो

घरजग्गा कर्जा र कारोबार बढ्यो

काठमाडौं : सहकारी, बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा कारोबारमा लगानी भएको छ। यो क्षेत्रमा ठूलो लगानी थुप्रिए पनि किनबेच भने प्रायः ठप्प थियो। त्यसैकारण, समग्र अर्थतन्त्रको चेननै भंग भएको जानकारहरू बताउँछन्। तर, राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले भने सुस्ताएको घरजग्गा कारोबारले क्रमशः गति लिन थालेको देखिएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा राम्रै वृद्धि भएको र घरजग्गा कारोबार पनि बढ्दा आर्थिक गतिविधिलाई थप चलायमान हुन मद्दत गरेको बताउँछन्, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट। लामो समयदेखि घरजग्गा कारोबार नहँुदा अर्थतन्त्रको चेनमा समस्या आएको महसुस भएको उनले बताए। ‘पछिल्लो समय घरजग्गामा जाने कर्जा बढेको र यसले गतिविधि पनि बढ्ने संकेत देखिन्छ,’ भट्टले भने, ‘तर अर्थतन्त्र पूर्णरूपमा चलायमान हुन घरजग्गा मात्रैको कारोबार बढेर हुँदैन। यसका लागि सरकारको पुँजीगत खर्च, ठूला परियोजनाको विकास खर्च पनि बढ्नुपर्ने हुन्छ।’

केन्द्रीय बैंकले प्रदेशगत रूपमा गरेको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको छ। कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ। राष्ट्र बैंक विराटनगर कार्यालयले गरेको कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ। आर्थिक वर्ष (आव) २०८०/८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबारले गति लिन खोजेको देखाएको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५५.६ प्रतिशतले घटेको थियो।

घरजग्गाको कारोबार फस्टाएर मालपोत कार्यालयमा रजिष्ट्रेसन गर्नेको संख्या पनि बढेको छ। यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व उठाउन सफल भएको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो। 

रजिस्ट्रेसन गर्ने संख्या फस्टाए पनि घर/भवन निर्माण भने घटेको छ। तथ्यांकअनुसार  घर/भवन नक्सा पास संख्या ६.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो। अघिल्लो वर्ष सरकारले भू–उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागु गरेपश्चात् ठूला क्षेत्रफल भएका जग्गाहरूको वर्गीकरण र कित्ताकाटमा लागेको बन्देज खुला गरियो। त्यस कारणले घरजग्गा कारोबारमा वृद्धि भई घरजग्गा रजिष्ट्रेसन संख्या र राजस्व रकम दुवै बढेको राष्ट्र बैंकले औंल्याएको छ। 

सुदूरपश्चिम प्रदेशमा पनि घरजग्गा रजिष्ट्रेसन संख्या १९.८६ प्रतिशतले बढेको छ। राष्ट्र बैंक धनगढी कार्यालयले गरेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। जबकी अघिल्लो वर्ष सोही अवधिमा सो संख्या ३८.९५ प्रतिशतले घटेको थियो।  घरजग्गा कारोबार बढेसँगै घरजग्गा रजिष्ट्रेसन बापतको राजस्व संकलन ३.३५ प्रतिशतले वृद्धि भई ३१ करोड ३६ लाख रुपैयाँ भएको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ५९.४२ प्रतिशतले घटेको थियो।

घरजग्गाको रजिष्ट्रेसन बढे पनि सुदूरपश्चिम प्रदेशमा भने घर/भवन निर्माण घटेको छ। सो प्रदेशमा घर/भवन नक्सा पास संख्या १४.७७ प्रतिशतले घटेको छ। अझ अघिल्लो वर्ष घर/भवन नक्सापास संख्या २७.७३ प्रतिशतले घटेको थियो। केन्द्रीय बैंकको धनगढी कार्यालयअनुसार सुदूरपश्चिम प्रदेशमा कैलालीबाहेक सबै जिल्लाहरूमा घरजग्गा रजिष्ट्रेसन संख्या र राजस्वमा वृद्धि भएको देखिन्छ। ‘समीक्षा अवधिमा कैलाली जिल्लामा सबैभन्दा बढी ५२७ वटा घर/भवन नक्सा पास भएका छन् भने बैतडी र डोटी जिल्लामा घर/भवन नक्सा पास भएको छैन,’ प्रतिवेदनमा प्रष्ट्याएको छ।

कर्णालीमा रजिष्ट्रेसन र घर/भवन नक्सा पास बढ्यो

पछिल्लो समय कर्णाली प्रदेशमा घरजग्गा रजिष्ट्रसेन र घर/भवन नक्सा पास बढेको देखिन्छ। राष्ट्र बैंक सुर्खेत कार्यालयले गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक अर्धवार्षिक प्रतिवेदनले घरजग्गा रजिष्ट्रेसन संख्या ६ हजार ९ सय ४० पुगेको छ।

घरजग्गा रजिष्टे«सन बढ्दा यसबापत राजस्व वार्षिक १०.३७ प्रतिशतले वृद्धि भएको छ। अर्थात्, ११ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ। यससँगै, सो प्रदेशको घर/भवन नक्सा पास संख्या १.९६ प्रतिशतले वृद्धि भई ५ सय १९ पुगेको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो नक्सा पास संख्यामा २७.१८ प्रतिशतले कमी आएको थियो। 

घरजग्गाको कर्जावृद्धि वार्षिक ३० प्रतिशत 

राष्ट्र बैंकका प्रवक्ता भट्टकाअनुसार यो वर्ष रियल स्टेट (घरजग्गा) र हाउजिङ (आवासीय घर) दुवैमा बैंकहरूको लगानी बढेको छ। घरजग्गामा प्रवाह बढिरहेकाले पनि गत वर्षको तुलनामा यो क्षेत्रमा  विस्तारै सुधार भइरहेको र कारोबार बढेको उनले औंल्याए। यसले आगामी दिनमा गतिलिने अपेक्षा गर्न सकिने उनले बताए। 

तथ्यांकले पनि बैंक तथा वित्तीय संस्थाबाट जाने ऋणको ठूलै अंश घरजग्गा कारोबारले ओगटेको देखिन्छ। कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासिय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ। यो चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्येको हिस्सा हो। चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। 

यो गत आवको भन्दा २९.६३ प्रतिशत बढी हो। गत आवमा ४ खर्ब ९२ अर्ब ४१ करोड ४० लाख रुपैयाँ बराबरको प्रवाह भएको थियो। चालु आवको वैशाखसम्ममा मात्रै आवासीय व्यक्तिगत घर कर्जामा मात्रै ३ खर्ब ८९ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ बराबरको गएको छ। यो गत वर्षको भन्दा ३८.४८ प्रतिशत बढी हो। यसैगरी, घरजग्गा कर्जा शीर्षकमा मात्रै २ खर्ब ४८ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.