नाउपा विवाद

रञ्जिता श्रेष्ठलाई हटाएर संसदीय दलको नेतामा गंगा चौधरी चयन

रञ्जिता श्रेष्ठलाई हटाएर संसदीय दलको नेतामा गंगा चौधरी चयन
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा गंगा चौधरी चयन भएका छन्। आइतबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर चौधरीलाई संसदीय दलको नेतामा चयन गरेका हुन्।

 
बैठकमा चार सांसदमध्ये तीन जनाले हस्ताक्षर गरेका छन्। पार्टीका चार सांसदमध्ये गंगाराम चौधरी, अरुणकुमार चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि श्रेष्ठ एक्लिएकी छन्।

गंगाराम चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतक थिए। बैठकले  उनी प्रमुख सचेतकको लालवीर चौधरीलाई जिम्मेवारी दिएको छ। संसद् सचिवालयमा दलको नेता चयनसम्बन्धी पत्र आजै दर्ता गर्ने सांसद गंगाराम चौधरीले जानकारी दिए।

उनीहरुले अरुण चौधरीलाई मन्त्री सिफारिस गर्ने तयारी गरेका छन्। पछिल्लो समय रेशम चौधरी र रञ्जिताबीच पार्टी सञ्चालनको विषयलाई लिएर विवाद हुँदै आएको छ। उक्त विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.